‘दोरम्बालाई नमूना बनाउने अभियानमा छौ’



स्थानीय तहमा सरकार गठन भएको झण्डै डेढ बर्ष पुगेको छ । निर्वाचन अघि राजनीतिक दलहरुले विकास निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । स्थानीय तहमा सडक निर्माणको कामले नै प्राथमिकता पाएको छ । स्थानीय तहमा सरकार गठन भएपनि बर्षाको समयमा पनि यातायात सञ्चानल गर्ने काम भएको छ । यसै विषयमा रामेछाप दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष अध्यक्ष खडक बहादुर श्रेष्ठसँग, डेढ बर्षको अवधिमा भएका काम र आगामी योजनाको विषयमा नेपाल समाचारपत्रले गरेको कुराकानीः–

खड्क बहादुर श्रेष्ठ
वडा अध्यक्ष, दोरम्बा गाउँपलिका–२ दोरम्बा, रामेछाप

निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार यस अवधिमा के–के काम गर्नुभयो ?
निर्वाचनको क्रममा हामीले जनताको बीचमा जे प्रतिबद्धता व्यक्त गरिएको थियौ । यो अवधिमा हामीले मन बचन र कर्मबाट काम गरिरहेका छौं । हामीले प्रतिबद्धता अनुसार काम गरिरेहका छौं ।

राजधानी काठमाडौदेखि गाउँपालिकाको केन्द्र, सदरमुकाम मन्थलीबाट गाउँपालिकासम्म बर्षाको समयमा यातायातको साधानहरु सञ्चालन गर्न सकिने अवस्था थिएन । हामीले जिम्मेवारी सम्हालेपछि अहिले १२ महिना नै यातायात सञ्चालन गर्न सफल भएका छौं । निकै ठूलो चुनौतीको सामना गरेर अहिले सहज रुपमा गाडी चल्न सक्ने भएको छ ।

हामीले वडाभित्र विपद् व्यवस्थापनको लागि तत्काल हेलिकोप्टर मार्फत उद्दार गर्नको लागि हेलिप्याडस्थल निर्माण गरेका छौ । अझै दिर्घकालिन रुपमा व्यवस्थापन गर्ने काम बाँकी छ ।

सडक निर्माणमा मात्र स्थानीय तहका जनप्रतिनिधिनिहरु केन्द्रित हुनुको कारण नि ?

–सडक नै विकासको मुख्य मेरुदण्ड हो । सडक विना धेरै काम अधुरो नै रहन्छन । हामीले दुई वटा टोल बाहेक अन्य सबै ठाउँमा सडक पु¥याएका छौं । दोरम्बाको एकीकृत नमूना वस्ती निर्माण हुने क्षेत्रमा चक्रपथ निर्माणको काम सम्पन्न भएको छ । पहिलो काम प्राथमिकताको साथ ट्रयाक ओपन गर्ने काम सम्पन्न भएको छ । दोरम्बादेखि गाउँपालिकाको केन्द्र टोकरपुर जोडने सडकको स्तरउन्नतीको काम पनि सम्पन्न भएको छ ।

सडक निर्माण अन्तर्गत के–के काम भए त ?
दोरम्बा वडाका ढोइगाउँमा नयाँ ट्रयाक ओपन भइसकेको छ । पहाडको रोड खन्ने ट्रयाक ओपन भएपछि हिउदको समयमा चल्न सक्ने तर बर्षाको समयमा चल्न नसक्ने अवस्था छ । सधैभरी गाडी सञ्चालन गर्न सडकको ग्रेट मिलाउने काम गर्यौ । सबै रोड साँघुरो अवस्थामा थियो अहिल फरालिको बनाउने काम भयो ।

पानीको निकास नहुँदा धेरै सडक विग्रिने अवस्थामा थियो । अहिले डेन व्यवस्थित गरेका छौ । कजवे निर्माण गरेका छौ । पानीको निकास दिएका छौ । अहिले सडक राम्रो छ । भएको बजेटले व्यवस्थापन सोलिङ ग्राबेल गर्ने काम गरेर काम सम्पन्न गरेका छौ । दोरम्बा वडाभित्र सडक निर्माणलाई व्यवस्थित गर्ने काममा अहिले पनि लागि रहेका छौं ।

गाउँघरमा सामाजिक विकृति मौलायो भन्ने गुनासो छ नि ?
सामाजिक विकृतिको रुपमा रहेको जाड रक्सी, जुवातास नियन्त्रणको अभियान सञ्चालन गरेका छौ । विशेषगरी जनजातिहरुको बाहुल्यता बढी भएको कारण जाड रक्सीको कारणले समाजमा झै झगडा मात्र होइन ज्यान जाने क्रम पनि बढयो ।

निषेध गर्न नसके पनि नियन्त्रण गर्न हामीले अहिले पनि अभियान जारी राखेका छौं । विगतमा जाड रक्सी खाएर झगडा गर्दा ज्यान नै जाने घटना भएकाले निषेध गर्न नसकिए पनि नियन्त्रण गर्ने वडाभरी नै अभियान चलाएका छौं । सार्वजनिक ठाउँमा अहिले जाड रक्सी खाएर होहल्ला गर्ने क्रम घटेको छ ।

जाड रक्सी नियन्त्रण गर्नको लागि समिति गठन गरेर नै अभियान अगाडि बढाउने लक्ष्य लिएका छौ । विकृति र विसंगती हटाएर एउटा सभ्य समाज निर्माण गर्ने अभियान जारी छ । जुन अभियानलाई जनताले साथ र सहयोग गरेका छन् ।

वडाभित्र सबै जनताले विद्युत बाल्न पाएका छन कि छैनन् ?

वडाको साविकको ६ नम्बर वडामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । टान्सफर्मर राखेपछि तत्काल बिजुली बल्ने अवस्था छ । केही नपुग सामानहरु हामीले ल्याउन पहल गरिरहेका छौं । केही समयमा करिब ८० घरमा विद्युतीकरण हुन्छ । यसपछि ाम्रो वडा पूर्ण रुपमा विद्युतीकरण हुनेछ ।

शिक्षामा सुधारको लागि के योजना अगाडि सार्नुभएको छ ?

हाम्रो वडामा उच्च मावि सहित पाँच वटा प्रावि छ । जस अन्तर्गत साविक संरचना अनुसार ढोइगाउँमा निमावि हो । उक्त विद्यालयमा एउटा प्रोजेक्टबाट चार कोठे भवन निर्माण सम्पन्न हुने क्रममा छ । उच्च मावि निर्माणको काम एडिबीको सहयोगमा भइरहेको छ । १४ कोठे भवन सम्पन्न हुने चरणमा छ । गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिनुपर्ने विषयमा हामीले योजना बनाइरहेका छौं ।

खेलकुद क्षेत्रका विकासमा के काम गर्नुभयो ?

भैगालिक रुपमा पनि दोरम्बामा सम्भावना भएको ठाउँ हो । फुलबल ग्राउण्ड कवर्ड हलको रुपमा विकास गर्न सकिने मैदान पनि छ । यति मात्र होइन राष्ट्रिय रुपमा नै फुलबल ग्राउण्ड बनाउने हाम्रो लक्ष्य छ । अहिले हामीसँग व्यवस्थित ग्राउण्ड त छैन । तर खेल सञ्चालनको लागि पर्याप्त संरचना भने छ । हामीले निर्माण गरेको मैदानमा फुटबल खेल सञ्चालन गर्न संरचना पुगिसकेको छ ।

कृषि क्षेत्रको विकासको लागि के योजना छ ?
दोरम्बालाई नै लक्षित गरेर वडाको पर्यटन कृषि र स्वास्थ्य शिक्षालाई प्राथमिमिकरण गरिएको छ । कृषिले पनि दोरम्बालाई नै आर्थिक रुपमा रुपान्तरण गर्न सकिन्छ । हामीसँग अग्लेश्वर र सैलुड डाँडा छ । ऐतिहासिक र धार्मिक क्षेत्रहरु छन् । पर्यटनलाइ जोडेर कृषिलाई लिएर जान चाहन्छौ । चिया बगानको विकास गरेर लैजाने लक्ष्य छ ।

दोरम्बामा किबी आलु, अलैचीजस्ता कृषिजन्य वस्तुहरुको राम्रो सम्भावना छ । कृषि पकेट क्षेत्रको रुपमा विकास गरेर लैजाने लिएका छौं । दोरम्बा भौगौलिक रुपमा सुन्दर छ । त्यति नै नागरिकहरु पनि सुन्दर छन् । जनताको साथ र सहयोग पाएका छौं । अझै सहयोगको अपेक्षा गरेको गर्दछु ।

प्रतिक्रिया दिनुहोस्