एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान



पोखरा ।
इण्डोनेशियामा हुने १८ औँ एशियाली खेलकूदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली आज पोखराबाट त्यसतर्फ प्रस्थान गरेको छ ।

टोलीलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रीय महासचिव शैलेन्द्र राउत, नेपाल खेलकूद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठकलगायतले बिदाइ गर्नुभयो । प्रथम पटक एशियाली खेलमा समावेश गरिएको प्याराग्लाइडिङ खेलमा सहभागिता जनाउनेमा नेपालबाट पाँच पुरुष र तीन महिला छन् ।

नेपाली प्याराग्लाइडिङ टोलीले इण्डिभिजुअल एक्युरेसी, टिम क्रस कण्ट्री र टिम एक्युरेसीमा महिला÷पुरुष खेलाडीले छुट्टाछुट्टै पदकका लागि प्रतिस्पर्धा गर्नेछ । आज प्रस्थान गर्ने खेलाडीमा विमल अधिकारी ९टिम कप्तान०, विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ, विजय गौतम, त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ छन् । प्याराग्लाइडिङ खेल आगामी भदौ २ देखि १४ गतेसम्म हुँदैछ ।
रासस

प्रतिक्रिया दिनुहोस्