आहारको कमिले चितुवा बस्तीमा पस्न थाले



सिर्जना पन्त, बागलुङ ।
बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखामा दिउसैं चितुवा घर तथा बारीमा छिरेपछि स्थानीयबासी त्रसित भएका छन् । रामरेखामा रहेको चिल्डे«न लाईफ इङलिस बोडिङ स्कुल नजिकै बिहान १० बजे देखि चितुवा बारीमा पसेको प्रत्यक्षदर्शीले बताएका छन् । चितुवाको आक्रमणबाट रामरेखाका २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक दिपक रेग्मीले जानकारी दिनुभयो ।
लखेट्न र हेर्न जा“दा चितुवाले आत्तिएर आक्रमण गरेको हुन सक्ने बताइएको छ । बिहान १० बजेट छिरेको चितुवा पुनः जंगल नपसेको प्रहरीले जनाएको छ । सा“झ कहिलेका“ही देखिने गरेपनि पछिल्लो समय दिउ“सै बजारमा चितुवाको देखिन थालेको बताईएको छ । चितुवा बजार क्षेत्रमा नै पस्न थालेपछि त्यहा“का स्थानीयबासी त्रसित बनेका छन् । मानविय तथा भौतिक क्षति नभएपनि बजारमा दिउसै चितुवा देखिन थालेपछि थप डर पैदा गरेको भन्दै स्थानियले सुरक्षा सर्तकता बढाउन स्थानिय प्रशासन संग माग गरेका छन् । चितुवाले आक्रमण गर्न सक्ने डरले मानिस हिड्डुल गर्न तथा विद्यार्थीहरु बिद्यालयमा जान निकै समस्या भएको स्थानीय बासी महेन्द्र आचार्यले बताउनुभयो । विद्यार्थीलाई अभिभावकले आफै विद्यालय पु¥याउ“न थालेको भएपनि जोखिम मोल्न नसक्ने अभिभावकहरुले बताएका छन् । खुल्लम खुल्ला चितुवा बजारमा हिड्न थालेपछि डरले घरायसी कामकाज गर्न पनि सास्ती भएको स्थानियले बताएका छन् ।
यता जिल्ला बन कार्यालय बागलुङले आहाराको कमीले चितुवा गाउ“ बस्तीमै पस्न थालेको बताएको छ । तिव्र मानवीय चाप, बन अतिक्रमण र मिचाहा झारले बासस्थानमा समेत असर पर्न थाले पछि चितुवा बन छोडेर गाउ“ सहरमा संगै बस्तीमै पस्न थालेको बताएको हो । कार्यालयका प्रमुख बिशाल घिमिरेले जिल्लाका बिभिन्न स्थानमा चितुवा गाउ“ घरमै पसेर कुखुरा, भेडा, बाख्रा माथि आक्रमण गरेर खाइदिने क्रम बढेको बताउनुभयो । प्रयाप्त आहाराको कमी हु“दा मानवीय जोखिम समेत बढ्दै गएकाले यस बिषयमा बन सम्वद्ध अधिकारी, संरक्षणविद र सरोकारवाला सबै संवेदनशिल बन्नुपर्ने उहाले बताउनुभयो । चितुवाको जोखिम न्युनिकरण गर्न आहाराको व्यवस्थापन र बासस्थान संरक्षण गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्