तुलसीपुर तरकारी तथा फलफुल बजार केन्द्र निर्माणका लागि सम्झौता सम्पन्न



नेपाल समाचारपत्र, दाङ ।
तुलसीपुर उपमहानगरपालिकामा तुलसीपुर तरकारी तथा फलफुल बजार केन्द्र निर्माणका लागि सम्झौता सम्पन्न भएको छ । बजार केन्द्रको स्थापनासँगै तुलसीपुरमा रहेको अव्यवस्थित तरकारी तथा फलफुल पसल तथा ठेला सञ्चालनको अन्त्य हुने उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको भनाई छ । बजार केन्द्रमा किसानहरुको तरकारी तथा फलफुल विक्री वितरण समेत गरिने छ । माघ १ गतेबाट सञ्चालनमा आउने वजार केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ मा रहेको सेन्टर माविको खाली जग्गामा निर्माण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्