सवारी दुर्घटना रोक्न डोटीमा स्टिलबार लगाईदै



विमल विष्ट, डोटी ।
डोटीमा सवारी दुर्घटना रोक्नका लागि सडक किनाराका छेउ छाउमा स्टिलबार लगाउन थालिएको छ । जिल्लाका अति सम्बेदनसिल सडक तथा दुर्घटना बढीहुने ठाउहरुका सडक किनारमा स्टिलबार लगाउन थालिएको छ । क्षेत्रीय सडक ककार्यालय तथ डिभिजन सडक कार्यालय कुल्पाते दिपायलको सहयोगमा जिल्लाका दिपायल,सिलगढी,शान्तिनगर,फुलौट,रामपुर,कालागाढ लगायतका क्षेत्रकका सडक किनारामा स्टिलबार लगाउन थालिएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलका डिभिजन प्रमुख रुपकराज भण्डारीले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘यहाँका अति समबेलनसिल तथा दुर्घटना बढीहुने सडक किनारामा स्टिलबार लगाउन थालेका छौ,स्टिलबार लगायतपछि दुर्घटनामा केही कमि आउने छ ।’ डोटीमा सडक दुर्घटनाका कारण बर्षेनी दजर्नौ स्थानियले अकालमै ज्यान गुमाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताउनु भयो । ‘कच्चि सडक मात्र नभएर जिल्लामा रहेका पक्कि पिच सडकमा पनि बर्षेनी ठुला सवारी दुर्घटना भएको पाईएको छ, उहाँले भन्नु भयो ‘सडकको बनावट र चालकको लापर्वाहिले बढी दुर्घटना भएको देखिन्छ,स्टिलबारले दुर्घटना भएपनि केही छेक्न सक्छ ।’
डोटीका सडक किनारामा स्टिलबार लगाउन थालिएपछि यहाँका चालकहरुपनि खुसि हुनथालेका छन् । अत्तरीया दिपायल हुदै बाजुरा सम्मका बिभिन्न दुर्घटना बढी हुने सडकहरुमा स्टिलबार लगाईने सडक डिभिजन प्रमुख भण्डारीले बताउनु भयो । उहाँले थप भन्नु भयो ‘बढी दुर्घटना हुने तथा जोखिम बढी भएका सडकमा हामीले स्टिलबार लगाउदै छौ,स्टिलबारले सवारी दुर्घटना अवस्य रोक्ने छ ।’

प्रतिक्रिया दिनुहोस्