के हो भर्खरै चीनले परिक्षण गरेको सुपरसोनिक विमान ?



काठमाडौं । चीनले अत्याधुनिक सुपरसोनिक विमानको सफलतापूर्वक परीक्षण गरेको छ । युद्धको बेला परमाणु अस्त्र बोक्न र कुनै पनि मिसाइल प्रतिरक्षा प्रणालीलाई प्रक्षेपण गर्न यसलाई प्रयोग गरिने चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

चाइना एकेडेमी अफ एयरोस्पेस एयरोडाइनामिक्स (सीएएए)का अनुसार ‘शिङ्गकोङ्ग–२’ नामक सुपरसोनिक विमान शुक्रबार चीनको उत्तरपश्चिममा अवस्थित एक परीक्षण स्थलबाट प्रक्षेपण गरिएको थियो । सीएएएले आइतबार वीच्याट अकाउन्टबाट विज्ञप्ति सार्वजनिक गर्दै त्यसको जानकारी दिएको थियो ।

सुपरसोनिक विमानलाई एक रकेटमार्फत लञ्च गरिएको थियो र स्वतन्त्ररुपले उड्दै पूर्वनिर्धारित क्षेत्रमा अवतरण गरेको थियो । सुपरसोनिक विमान त्यसलाई भनिन्छ जो आवाजको गतिभन्दा पाँच गुणा बढी वा त्योभन्दा पनि धेरै रफ्तारका साथ उड्दछ । यसअघि अमेरिका र रुसले सुपरसोनिक विमानको सफलतापूर्वक परीक्षण गरेका थिए ।सुपर सोनिक विमानको डिजाइन सीएएएले चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनसँग मिलेर तयार पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्