ज्योति विकास बैंकको नयाँ शाखा झापाको बिर्तामोडमा



काठमाडौं, (नेस)
ज्योति विकास बैंकले झापाको बिर्तामोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बिर्तामोड बजारमा रहेको उक्त शाखा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा बैंकका सञ्चालक धुव्र कोइरालाले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।

गभर्नर शिवाकोटीले सरकारको सम्पँर्ण नेपालीको बैंक खाता हुनुपर्ने नीतिअनुरुप नेपाल राष्ट्र बैंकले बैंकिङ पहुँच सर्वसाधारणमा पु¥याउने नीति लिएको सन्दर्भमा बिर्तामोड नगरपालिकामा खुलेको बैंकले सरल र सुलभ बैंकिङ सेवा प्रदान गर्नेमा आफँ विश्वस्त रहेको बताउनुभयो ।

हाल बैंकले ६० वटा शाखा तथा २० वटा एटीएममार्पmत सेवा उपलब्ध गराउँदै आएको छ भने यसै आर्थिक वर्षभित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको जनाएको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढी खाताबाट १९ अर्ब ५४ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणिमार्फत १६ अर्ब १० करोड ऋण लगानी गरेको छ । बैंकको हालको चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्