महालक्ष्मी विकास बैंकको शाखा स्थानान्तरण



काठमाडौं, (नेस)
महालक्ष्मी विकास बैंकले रुपन्देहीको गैडहवा गाउँपालिका–६ स्थित सँर्यपुरामा शाखा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा रुपन्देहीकै लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बाट स्थानान्तरण भई सँर्यपुरामा सञ्चालनमा आएको हो ।

बैंकले ७३ वटा शाखा तथा ३५ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ । ४ लाख ६० हजारभन्दा ग्राह रहेको बैंकले असार मसान्तसम्म २७ अर्ब २७ करोड निक्षेप संकलन गरी २१ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्