अन्तराष्ट्रिय फुटबलबाट गोमेजको सन्यास



लन्डन, (एजेन्सी)
जर्मनीका स्ट्राइकर मारियो गोमेजले अन्तराष्ट्रिय फुटबल करियरबाट सन्यास लिएको घोषणा गरेका छन् ।

हाल जर्मन क्लब स्टुटगार्टबाट खेल्दै आएका ३३ वर्षीय गोमेजले आइतबार सामाजिक सन्जाल फेसबुकमार्फत् अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । रसिया विश्वकपपछि गोमेज जर्मनीबाट सन्यास लिने दोस्रो खेलाडी हुन । यसअघि जर्मनीका मिडफिल्डर मेसुट ओजिलले जातीय विभेद गरेको भन्दै अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

प्रशिक्षक जोचिम लोउसँगको सल्लाहमै गोमेजले सन्यासको घोषणा गरेको बताएका छन् । गोमेजले जर्मन टिममा युवा प्रतिभाहरु आईसकेका कारण पनि सन्यास लिने समय आएको बताए ।

गोमेजले जर्मनीबाट ७८ खेलमा ३१ गोल गरेका छन् । गोमेजले सन् २००७ मा स्वीट्जरल्यान्डविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । गोमेजले डेब्यु खेलबाटै चर्चा बटुलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्