इरान: प्रवेश अनुमति



तेहरान,(एजेन्सी)
साउदी अरेबियाले जेद्दास्थित कन्सुलर कार्यालयमा कार्य गर्न एकजना इरानी कुटनीतिज्ञलाई सोमवार प्रवेश अनुमति दिएको छ । दुवै मुलुकबीच तनावको स्थिति रहेको वर्तमान परिस्थितीमा यो समाचार सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेको हो ।

विदेश मन्त्रालयका अधिकारी मोहम्मद अलिबाकलाई यो अनुमति प्राप्त भएको इरानी संचार निकाय इर्नाले जनाएको छ । तर साउदीले भने अझै सम्म यस सम्बन्धी समाचारको पुष्टी गरेको छैन । सुन्नी मुस्लिम बाहुल्य साउदी अरेबीया र सिया बाहुल्य इरानबीच दशकौंदेखि सिरियाको गृहयुद्ध लगायत मध्यपूर्वमा जारी द्वन्द्वलाई लिएर मतभेद रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्