कठमाडौंमा १८ राष्ट्रका उच्च सैनिकको अभ्यास सुरु



नेपाल समाचारपत्र, काठमाडौं ।
विपद्का बेला मानवीय उद्धारमा खटिँदा बहुराष्ट्रिय सेनाबीच सूचना आदानप्रदानलाई व्यवस्थित तुल्याउने उद्देश्यले १८ मुलुकका उच्च सैनिकको अभ्यास काठमाडौंमा सोमबार सुरु भएको छ। श्रावण २१ गते दरबारमार्ग्स्थित होटल यती र याक मा युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माले एक विशेष कार्यक्रमका बीच कार्यक्रमको उद्घाटन गरेका हुनर ।

अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमाण्डको सहयोगमा नेपाली सेनाद्वारा आयोजित उक्त अभ्यासमा आ–आफना देशका सैनिकले सञ्चालनमा ल्याएका दुरसञ्चार (सिग्नल) मार्फत बहुराष्ट्रिय सेनाबीच विपद्का समयमा सम्पर्क र समन्वय गरी मानवीय कार्यलाई प्रभावकारी तुल्याउनेबारे सैद्धान्तिक र व्यवहारिक अभ्यास हुने बताइएको छ ।

अभ्यासमा विभिन्न मुलुकका उपरथी तहसम्मका २७५ जना सैनिकको सहभागिता रहने छ । सन् २००५ मा जापानमा आएको सुनामीपछि ठूलाखाले प्राकृतिक प्रकोपका घटनाका बेलामा उद्धारमा खटिएका बहुर्रा्ष्ट्रिय सेनाको जिम्मेवारी र मानवीय उद्धार कार्यलाई व्यवस्थित तुल्याउन सैनिकले प्रयोग गर्ने दुरभास यन्त्रलाई समयानुकूल बनाउन यस्ता कार्यले निकै ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ । भूकम्प, सुनामीजस्ता ठूला खाले विपद्का घटना आएर सम्बन्धित मुलुकको दुरसञ्चार प्रणाली अवरुद्ध भएका समयमा सहयोग र सम्पर्क आदानप्रदान गर्न सैनिकले सञ्चालन गर्ने फ्रिक्वेन्सी निकै प्रभावकारी सावित हुँदै आएको छ।

१४ दिने उक्त अभ्यासमा नेपाल, अष्ट्रेलिया, बंगलादेश, कम्बोडिया, फिजी, फ्रान्स, इन्डोनेसिया, जापान, मलेसिया, माल्दिभ्स, मंगोलिया, नेपाल, फिलिपिन्स, सिंगापुर, श्रीलंका, थाईल्याण्ड, टोंगा, भियतनाम र संयुक्त राज्य अमेरिका रहेका छन् ।

स्थलगतरुपमा प्राप्त गरेको ज्ञानका आधारमा नेपाली सेनाले २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पका समयमा बहुर्रा्ष्ट्रिय सेनासँग आफनो सिग्नलमार्फत सम्पर्क, सहयोग र समन्वय प्रभावकारी ढंगबाट गरेको थियो।

विश्वमा सूचना र प्रविधिको क्षेत्रमा के–कस्तो विकास भइरहेको छ भन्ने बारेमा जानकारी हासिल गर्न यस्तो कार्यक्रमले सहयोग पुग्ने यो कार्यक्रम नेपालमा यो दोस्रो पटक आयोजना गरिएको हो।

तीन पटक योजना बनाएर त्यसका आधारमा वार्षिक रूपमा यस्ता अभ्यास विभिन्न मुलुकमा गरिन्छ । कार्यक्रमको उद्घाटन समारोहमा युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माले प्राकृतिक विपद्को समयमा हुनसक्ने मानवीय क्षतिलाई रोक्न र उद्धार कार्यलाई प्रभावकारी तुल्याउन बहुर्रा्ष्ट्रिय सेनाबीच सहयोग र सम्पर्क कायम राख्न सहयोग पु¥याउने यस्ता अभ्यास निकै अर्थपूर्ण रहने धारणा व्यक्त गरे।

नेपालमा २०७२ सालको भूकम्पको बेलामा बहुर्रा्ष्ट्रिय सेनाबाट भएको उद्धार, सहयोग र समन्वयको स्मरण गराउँदै विपद्को बेला सेनाबीच सूचना आदानप्रदान र सही व्यवस्थापनको खाँचो रहेको बताए । अमेरिकी सेनाका कृष्टी विल्सनले विपद्को समयमा बहुर्रा्ष्ट्रिय सेना परिचालन हुँदा मानवीय सहायता कार्यलाई निकै परिणामुखी तुल्याउन सकिने धारणा समेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्