तामाकोशीको लागत बढेकोमा सांसदको चिन्ता



नेपाल समाचारपत्र, काठमाडौं ।

सांसद शान्तिमाया तामाङ पाख्रिनले माथिल्लो तामाकोशी आयोजनाको लागत बृद्धि भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको सोमबारको शुन्य समयमा बोल्दै सांसद तामाङले लगातार लागत रकम बढेकोबारे छानबिन गर्नुपर्ने धारणा राख्नुभएको हो ।

२०६६ सालमा ३५ अर्ब २९ करोड अनुमान गरिएको आयोजनाको लागत ५० अर्ब पुग्ने अनुमान गरिएको छ । निरन्तर लागत बढ्दा शेयरधनीको टाउकोमा पर्ने भएकाले छानबिन गर्नुपर्ने उहाँको भनाइ छ ।

शुन्य समयमा सांसद विमला विश्वकर्माले कानुन निर्माण गर्दा पछाडि पारिएका र अल्पसंख्यको ध्यान दिन आग्रह गर्नुभयो । सत्य पहाडी, शान्ता चौधरीलगायतले बाढीपीडितको उद्दार र राहतमा क्रियाशील हुन आग्रह गर्नुभयो ।
सांसद सरिताकुमारी गिरीले जन्मसिद्ध बाबुआमाका छोराछोरी नागरिकताबाट बञ्चित भएको भन्दै ध्यानाकर्षण गराउनुभयो ।

लक्ष्मी परियार, समीना हुसेनलगायतले बलात्कारका घटना वृद्धि भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्