बर्थडेमा ढिला लात्ती?



हलिउड अभिनेता जोनी डेपले आफूमाथि भएको शारीरिक उत्पीडनको खुलासा गरेका छन्। पिपल वेबसाइडका अनुसार उनले आफ्नी पूर्वपत्नी तथा हलिउड अभिनेतृ एम्बरका साथ सम्बन्धमा हुँदा शारीरिक उत्पीडनमा परेको बताएका छन्।

खबरअनुसार उनले आफ्नी श्रीमती एम्बरसँग सम्बन्धविच्छेद गरेका छन्। यस दौरान उनले अदालतमा एम्बरले आफूलाई शारीरिक उत्पीडन गरेको उल्लेख गरेका छन्। उनले सन् २०१६ मा एम्बरको जन्मदिन मनाउने क्रममा आफूमाथि केबल २ घन्टा ढिला आएको कारण मुक्का प्रहार भएको बताएका छन्।

उनका अनुसार जुनबेला उनलाई एम्बरले मुक्का प्रहार गरे, उक्त समय उनी मदिराको नशामा थिइन्। घरको ढोका खोल्नासाथ उनले आफूमाथि मुक्का प्रहार शुरू गरेकी थिइन्। डेपले यस कुरामा सफाइ पेस गर्दै उक्त दिन आफू आफ्नो बिजनेस म्यानेजरसँग जरुरी मिटिङमा भएको कारण घर आउन ढिला भएको बताएका छन्। तर एम्बरको वकिलले भने जोनी मनगढन्ते कुरा गरिरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्