लिभरपुलको सानदार जित



लन्डन, (एजेन्सी)
इंङ्ग्लिस क्लब लिभरपुलले इटालियन क्लब नेपोलीमाथि शानदार जित दर्ता गरेको छ ।
शनिबार राति भएको मैत्रीपूर्ण खेलमा लिभरपुलले नेपोलीमाथि ५–० जित दर्ता गरेको हो । डुब्लीनमा भएको खेलमा लिभरपुललाई जिताउन जेम्स मिल्नर, जर्जि्नियो विज्नाल्डम, मोहमद सलाह, ड्यानियल स्टुरेज र अल्बर्टो मोरेनोले समान एक–एक गोल गरे ।

खेलको चौथो मिनेटमा मिल्नरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । पहिलो हाफमा दुई गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । खेलको नवौं मिनेटमा विज्नाल्डमले गोल गर्दै लिभरपुल पहिलो हाफमा २–० को अग्रता बनाएका थिए ।

दोस्रो हाफमा थप आक्रामक देखिएको लिभरपुलले खेलको ५८ औं मिनेटमा सलाहको गोलबाट अग्रता ३–० मा पु¥यायो । त्यसपछि खेलको ७३ औं मिनेटमा स्टुरेजले गोल गर्दै लिभरपुललाई ४–० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा मोरेनोले गोल गर्दै लिभरपुललाई ५–० को फराकिलो जित दिलाए ।

उक्त खेलमा महंगो रकममा रोमाबाट लिभरपुलमा भित्रिएका ब्राजिलियन गोलरक्षक एलिसनले क्लीन शिट खेल प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्