गणितको नोबेल ‘फिल्डस मेडल‘ प्रदान गरेको केहि मिनेटमै चोरी



रियो डि जेनेरियो (एजेन्सी)
कुर्द सरणार्थीबाट क्याम्ब्रिज विश्वविद्यालयमा गणित प्रोफेसर बनेका कौचर बिरकरले प्राप्त गरेको गणित क्षेत्रको नोबेल पुरस्कार मानिने फिल्ड्स मेडल केहि मिनेटमै चोरी भएको छ ।

बिरकरलाई अन्य तीन गणितज्ञसँगै उक्त पुरस्कारबाट सम्मानित गरिएको थियो । फिल्डस् समारोहको आयोजना गर्न पाएका पहिलो ल्याटिन अमेरिकी सहर रियो डि जेनेरियाका लागि उक्त घटना अत्यन्तै लज्जास्पद बनेको छ ।

फिल्डस समारोह हरेक चार बर्षमा हुने गर्छ । बीजगणित, ज्यामितिमा विशेषज्ञ ४० बर्षि बिरकरलाई प्रदान गरिएको १४ क्यारेटको स्वर्ण पदक एक घण्टा भन्दा कम समयमै उनको झोलाबाट बेपत्ता भएको थियो ।

समारोहका आयोजक इन्टरनेसनल कांग्रेस अफ म्याथम्याटिक्सले उक्त घटनाप्रति गहिरो खेद प्रकट गरेको छ । बिरकरले सह विजेता एलेसियो, फिगाली, पीटर सुल्ज र भारतिय मुलका अक्षय वेकटेससँग उक्त उपलब्धीको खुसियाली मनाएका थिए ।

कुर्द हुनुको कारण उनका लागि यो कुनै परीको कथा साँचो हुनु जस्तै हो । उनले भने– यो समाचारले ती ४ करोडको अनुहारमा मुस्कान ल्याउँछ भन्ने मैले अपेक्षा गरेको छु ।

इरान इराक सीमा नजिकै जातिय कुर्द प्रान्त मारीवानको एक गाउँमा जन्मेका बिरकरले भने– कुर्दिस्तानमा कुनै बच्चाको मनमा गणितका लागि रुची आउनु असम्भव थियो । ‘ यसको वावजुद उनी तेहरान विश्वविद्यालयमा गए । गणितमा अदभुत प्रतिभाका कारण उनले बेलायतमा राजनितिक सरण पाए र त्यहीँको नागरिकता हासिल गरे ।

अन्य विजेता मध्य ज्युरिखका ३४ बर्षिय फिगाली हुन् । शुल्ज जर्मनी नागरिक हुन् । विजेताहरु मध्य भारतिय मुलका अष्ट्रेलियाली नागरिक वेकटेश पनि हुन् । विलक्षण प्रतिभाका धनी वेकटेशले मात्र १३ बर्षको उमेरमा युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलियामा गणित र फिजिक्समा स्नातकको डिग्री हासिल गरेका थिए ।

हाल ३६ बर्षिय वेंकटेश अमेरिकाको स्टेनफोर्ड विश्वविद्यालयमा नम्बर थ्योरीका विशेषज्ञ हुन् ।

प्रतिक्रिया दिनुहोस्