रसुवाका २ सय ७५ जनामा मानसिक समस्या



नेपाल समाचारपत्र, रसुवा ।
रसुवाका २ सय ७५ जनामा मानसिक रोग देखिएको तथ्याङ सार्वजनिक भएको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालद्वारा आयोजित पत्रकार भेटमा सो कुराको जानकारी दिईएको हो ।

जिल्लाभरका विभिन्न स्वास्थ्य चौकीमार्फत मानसिक रोगीहरुको स्वास्थ्य परामर्श तथा उपचार भईरहेको केन्द्रका सामाजिक परिचालक रमिता श्रेष्ठले जानकारी दिइन । गतवर्ष जिल्लाका २ सय ४९ जनामा मानसिक समस्या भएका भेटिएको थियो । रसुवाको विभिन्न स्वास्थ्य संस्थामा उपचार गराउने मध्ये ६५ वर्ष उमेरसम्मकामा मानसिक समस्या देखिएको श्रेष्ठले बताइन ।

रिदम न्युरो साईकियाट्रिक अस्पताल, सिएमसी नेपाल र स्थानीय तहको समन्वयमा कार्यक्रम सुरुगर्ने त्रिपक्ष संझौता भएको केन्द्रका विष्णु प्रजापतिले जनाए । मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिहरू प्रति परिवार, समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने कार्यक्रममा राजेश कुमार झाले जनाए । रसुवाका दुई सय ७५ जनामा कडा खाले मानसिक स्वास्थ्य समस्या रहेको र उनीहरूलाई मानोसामाजिक परामर्श र औषधी उपचार भईरहेको छ । यस्ता समस्या भएकाहरूको अधिकार र मानसिक स्वास्थ्य समस्या बारे जनचेतना जगाउन आवश्यक रहेको बताएको छ । संस्थाले स्वाबलम्बन समूहमार्फत क्षमता अभिबृद्धि, आजआर्जनमा सहयोग, औषधी उपचार संस्याले रिदम न्युरो साईकियाट्रिक अस्पतालका मानोसामाजिक बिज्ञ डाक्टरद्धारा हरेक महिनाको १५ गते निःशुल्क स्वास्थ्य परिक्षण नियमित रूपमा भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्