गुगल चीन पस्ने



लस एन्जल्स, (एजेन्सी)

चीनमा गुगल सर्च इन्जिन चल्दैन। चीनमा प्रवेश गर्ने ठूलो प्रयास गरिरहेका गुगलले आफ्नो सर्च इन्जिनको नयाँ संस्करण विकास गरिरहेको छ। यो नयाँ सर्च इन्जिन चीनको सेन्सरसिप कानुनअनुरूप हुने बताइएको छ। उक्त कम्पनीबाट चुहावट भएका केही गोप्य दस्तावेजका आधारमा ‘द इन्टरसेप्ट‘ नामक एक अनलाइनले उक्त समाचार दिएको हो।

गुगलले ड्रागनफ्लाई नामको कोड प्रोजेक्टमा काम गरिरहेको र उक्त सर्च इन्जिनले मानवअधिकार र धर्मजस्ता शब्दावलीलाई ब्लक गर्न सक्ने इन्टरसेप्टले जनाएको छ। यदि यो हो भने यसबाट मानवअधिकारवादी रुष्ट हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्