अर्जेन्टिनामा चिनियाँ विशाल एन्टेना, ल्याटिन अमेरिकामा चीनको प्रभाव विस्तार



क्विन्टुको, (एजेन्सी)
अर्जेन्टिनाको रेगिस्तानमा भीमकाय एन्टेना र चम्किरहेको टावर, खुला आकाशमा ४ सय ५० टन तौलको यो यन्त्रले विदेशी भूमिमा चीनको कथा बुनिरहेको छ। हो यो चीनको फौजद्वारा निर्माण गरेको अन्तरीक्ष अभियानको नियन्त्रण केन्द्र हो। दक्षिण अमेरिकामा बनेको यो केन्द्र चिनियाँ भूउपग्रहको प्रमुख केन्द्र पनि हो। बेइजिङले देशबाहिर ल्याटिन अमेरिकामा प्रभाव बढाइरहेको प्रतीकका रूपमा रहेको यो स्टेसनले त्यस क्षेत्रमा अमेरिकाको राजनीतिक, आर्थिक तथा सामरिक शक्तिलाई सीधा चुनौती दिइरहेको छ।
उक्त स्टेसनले मार्चमा काम थालेको थियो र चीनको अन्तरीक्ष अभियानमा महŒवपुर्ण भूमिका निभाइरहेको छ। अर्जेन्टिनाका अधिकारीले उक्त अभियानमा सहयोग गर्नका लागि उनीहरू उत्सुक रहेको बताएका छन्। यद्यपि यो स्टेसन निर्माणका लागि अत्यन्तै गोप्य तरिकाले सम्झौता भएको थियो। न्युयोर्क टाइम्सले यस विषयमा विस्तृत जानकारी दिइएको छ। यो सम्झौता त्यतिबेला भएको थियो, जुन बेला अर्जेन्टिनालाई लगानीको अत्यन्तै खाँचो थियो। यो संरचनालाई लिएर गुप्तचर जानकारी संकलन गर्ने चीनको क्षमता क्षेत्र विस्तार हुन सक्ने अनुमान गरिएको छ। अर्जेन्टिनामा पनि चीनको यस प्रकारको उपस्थितिले कस्तो खालको खतरा उत्पन्न गराउन सक्छ भन्ने बहसको विषय बनेको छ।
अमेरिकाको यूएस आर्मी वार कलेजमा ल्याटिन अमेरिकन स्टडिजका प्रोफेसर आर इभेन एलिसले भने– ‘चीनको अर्थव्यवस्था, राजनीति र सुरक्षा तन्त्रले आफ्ना नेता र व्यवसायीको एजेन्डामा गएर क्षेत्रको स्वरूप नै परिवर्तन गरिदिएको छ। विगतको दशकमा अमेरिकाले आफ्नो योपछाडिको भूमिमा कम ध्यान दियो। अमेरिकाले यसको सट्टा एसियामा धेरै ध्यान केन्द्रित ग¥यो। विशेषगरी ओबामा प्रशासनले चीनको तुलनामा आफ्नो रणनीतिभित्र एसियाली देशसँग आर्थिक, शैन्य र कूटनीतिक सम्बन्ध बलियो बनायो। त्यसपछि सत्ता सम्हालेका ट्रम्प प्रशासनले प्रशान्त देशसँग मुक्त व्यापार सम्झौताबाट दूरी बनायो र विश्व व्यापार युद्ध शुरू ग¥यो। ट्रम्प सरकारको भनाइमा एसिया र विश्वका अन्य क्षेत्रमा सहयोगीको सुरक्षाको चक्करमा अमेरिकाले बोझ बढाएको छ।
चीनले त्यसको फाइदा लिँदै ल्याटिन अमेरिकासम्म पुग्न सफल भयो। उसले आफ्नो व्यापार व्यापक विस्तार गरेको छ, कैयौं सरकारलाई उकासेको छ, ठूला संरचनागत परियोजना शुरू गरेको छ, सैन्य सम्बन्ध बलियो पारेको छ र ठूलो परिमाणमा संसाधनमाथि दाबी पनि गरेको छ।
ल्याटिन अमेरिकाको केही हिस्सामा हालैका समयमा राजनीतिक परिवर्तन पनि देखिएका छन्। त्यहाँका नेता चीनको माग पूरा गर्नका लागि आफ्ना नीतिमा परिवर्तन गरिरहेका छन्। अहिले बेइजिङको यस क्षेत्रका धेरैजसो हिस्सामा प्रभाव छ। चीन र ल्याटिन अमेरिकी देशका बीच कारोबार विगत वर्षमा २ सय ४४ अर्ब डलरसम्म पुग्यो। यो गत दशकको तुलनामा २ गुणाभन्दा धेरै हो।
अमेरिकालाई पछाडि पार्दै चीन सन् २०१५ देखि दक्षिण अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनिसकेको छ। अर्को महŒवपूर्ण कुरा भनेको चीनले यहाँको पूरै क्षेत्रमा अर्बौं डलर लगानी गरिसकेको छ। त्यसको बदलामा यस क्षेत्रको ठूलो हिस्सामा रहेको तेलमाथि वर्षौंका लागि उसको दाबी कायम भएको छ। यसमा इक्वेडरको करिब ९० प्रतिशत भन्डार पनि पर्छ। चीनले भेनेजुयला र ब्राजिलजस्ता देशको संकटग्रस्त सरकारी कम्पनीलाई उकास्न पर्याप्त मद्दत गरेको छ। अर्जेन्टिनाका लागि पनि इन्टरनेसनले क्रेडिट मार्केटको ढोका बन्द भएपछि चीनले आफ्नो ढोका खोलेको हो। सहयोगका लागि हात बढाउने क्रममा चीनले ऊसँग गोप्य सम्झौता गरेको छ। जसमा पेन्टागोनियामा निर्माण भएको स्याटलाइट र स्पेस कन्ट्रोल स्टेसन पनि सहभागी छ।

प्रतिक्रिया दिनुहोस्