सारिकालाई टिनको ताज



प्लस टुका किशोरीहरूबीच राजधानीमा आयोजित सौन्दर्य प्रतियोगितामा सारिका भौकाजीले मिस टिन प्लस टुको ताज चुमेकी छिन्। स्टार वन इन्टरटेनमेन्ट प्रालिले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा उनी बेस्ट स्पिच र बेस्ट हेयर विजेतासमेत भएकी छिन्।

प्रतियोगितामा मेरिना सुवेदी फस्ट रनर्सअपसहित बेस्ट स्किन र मस्ट क्रियटिभ, स्मृति पराजुली सेकेन्ड रनर्सअपसहित बेस्ट स्माइल, अर्चना पाठक थर्ड रनर्सअपसहित मिस फोटोजेनिक र भ्युअर्स च्वाइस तथा लक्ष्मी सेवा मस्ट पपुलर र मल्टिमिडिया च्वाइस भएका छन्। प्रतियोगितामा कमला तामाङ मिस ट्यालेन्ट, सभ्यता भण्डारी र्याम वाक र मिस कन्जिनियालिटी, इसु लामा मस्ट फ्रेन्डली, रोजिना गमाल युथ विथ रेस्पोन्सिबिलिटी, अन्विसा रावल मस्ट गर्जियस, ऐश्वर्य थापा बेस्ट सिंगर, शिक्षा आचार्य मस्ट आइकोनिक आइज, रोशनी श्रेष्ठ फेसन आइकन, दीपिका अधिकारी मस्ट डिसिप्लिन, चन्द्रीका रावल मिस ब्युटिफुल, कुसुम क्षेत्री सोसियल वेलफेयर एमबेसडर, निरु कुचिकार बेस्ट फिटनेस, सदीक्षा सिंह बेस्ट पर्सनालिटी र युट्युब भ्युअर्स च्वाइस तथा निमी शाक्य बेस्ट फिजिक भएका छन्।

बालकृष्ण पोखरेलको संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा गायक आनन्द कार्कीले गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। प्रतियोगितामा गायक आनन्द कार्की, अधिवक्ता तथा अभिनेता कृष्ण ढुंगाना, लायन्स क्लबकी प्रथम महिला गभर्नर सुष्मा शर्मा, डा. शान्ता सापकोटा, पूर्ण लामा र हिसानका अक्ष्यक्ष युवराज शर्मा निर्णायक रहेका थिए।

ज्ञज्ञज्ञज्ञज्ञज्ञ
निर्जलाको गीतमाथि स्पर्धा
रिलिजका लागि तयार फिल्म निर्जलामा समावेश भाले मोटर बोलको गीतको कभर भिडियो प्रतियोगिता घोषणा गरिएको छ। राजु गिरीको निर्देशनमा प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेको फिल्मको सो गीत राजधानीमा अयोजित एक समारोहबीच प्रदर्शन गरिएको थियो।

भिडियोमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्माले नृत्य गरेका छन्। सलिलसुन्दर तुलाधर र सवनम आचार्यको स्वर रहेको गीतमा बाबुल गिरीको शब्द र संगीत रहेको छ भने यसको भिडियोको कोरियोग्राफी क्रान्ति केसीले गरेका छन्। आगामी असोज १९ गते प्रदर्शन हुने फिल्मको सो गीतको कभर भिडियो भदौ दोस्रो सातासम्म साइराम पिक्चर्सको इमेलमा पठाउनुपर्ने प्रावधान छ।

निर्माता प्रकाशचन्द्रले प्राप्त भिडियोमध्ये प्रथम हुनेलाई नगद ५० र दोस्रो हुनेलाई ३० हजार रुपियाँ पुरस्कार प्रदान गरिने जानकारी दिए। कभर भिडियोका विजेतालाई आफूले निर्माण गर्ने नयाँ फिल्ममा उचित भूमिका पनि दिइने निर्माता प्रकाशचन्द्रले बताए। गाउँले परिवेशको कथामा निर्माण गरिएको फिल्ममा किशोर, शुभेच्छा र निकका साथमा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, वाले तामाङ, तिलक कोइराला, अञ्जली घिसिङ, प्रेम पौडेल र बालकलाकार काजल गिरीले अभिनय गरेका छन्। कार्यक्रममा फिल्मका संगीतकार तथा गायक बाबुलले निर्जलाको शीर्ष गीत, दशैं गीत र भाले मोटर पनि गाएका थिए।

प्रतिक्रिया दिनुहोस्