नागरिकको सहयोगमा प्रहरी भवन निर्माण



दाङ ।
नागरिकको सहयोगमा यहाँ प्रहरी भवन निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकका लागि भवन निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष विष्णु पुनले जानकारी दिनुभयो ।

करीब रु ३३ लाख ५४ हजार ९५५ को लगानीमा निर्माण गरिएको भवनको प्रदेश नं ५ का प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले आज उद्घाटन गर्नुभयो ।

प्रहरी नायब महानिरीक्षक बस्नेतले प्रहरीले मात्र एक्लै समाजमा शान्ति सुव्यवस्था कायम गर्न नसक्ने भन्दै जनचाहनाअनुरुप सुरक्षा व्यवस्थाका लागि जनता र प्रहरीका बीचमा सहकार्य हुनुपर्ने उल्लेख गर्नुभयो ।

नेपालका अधिकांश स्थानमा राज्यको भन्दा पनि निजी क्षेत्रकै अग्रसरतामा प्रहरीको भवन निर्माण हुने गरेको बस्नेतको भनाइ थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्