नेकपा (जबरा)



एउटा धरहराले कतितिर हेरेर भ्याउनू ? मुलुकमा समाजवाद–उन्मुखीहरूको शासन छ तर सबैले तनाव खेपिरहनुपरेको छ । सर्वसाधारण मानिसको त के कुरा गर्नु ? समाजवादकै लागि लडेका बडे बडे नेता समेत समाजवाद–उन्मुख शासकको ‘कु’ मा पर्दारहेछन् ।

मुलुकाँ राणाशासन गयो भन्थे होइन रहेछ । काजी नै पाजीहरूको हुकुमी–प्रमाङ्गीको चपेटामा परेका छन् । विचरा गोरखाका काजीले त्यस्तो नहुँदो विठ्याई के नै गरेका थिए र ? भोकभोकै सुतेका केसी मरे भने आफ्नै पार्टी र सरकारको अन्तर्राष्ट्रिय बेइज्जत होला भनेर भेटेको निहुँमा ‘कु’ मा पर्न परेको छ । तर काजी कसैको कुमा परे पनि लगलग कापेर कट्टुमै सु गर्ने मान्छे भने होइनन् र’छ । त्यसैले उनले प्रवक्ता पद उतै माथिल्लो दरबारलाई फिर्ता गरिदिएछन् ।

मान्छेले मुखले जे भने पनि व्यवहारमा देखिने दिमागमै भएको कुरा त हो नि । उखानेबा मुखले त आफूलाई लोकतन्त्रवादी भन्छन् प्रधानमन्त्री र पार्टी अध्यक्ष भएदेखिका उनका क्रियाकलाप हे¥यो भने ‘अधिनायकवादी’ नै देखिन्छ । कति पाजीसँग नडराएका काजीलाई त घोक्रेठेयाक लगाउन सक्ने उखानेबाले अरुलाई झन् के टेर्थे ? त्यसैले अब उनको नामको पछाडि जबरा थपेर यो पार्टीको नामै नेकपा (जबरा) राख्नुपर्छ कि भन्ने धरहरालाई लाग्या छ ।

प्रतिक्रिया दिनुहोस्