प्रधानसेनापतिद्वारा ‘हल अफ फेम’ उद्घाटन



काठमाडौ (नेस) । प्रधानसेनापति राजेन्द्र क्षत्रीले लगनखेलस्थित सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रको पहलमा नवनिर्मित ‘हल अफ फेम’ को उद्घाटन गर्नु भएको छ ।

नेपाली सेनाले विगतदेखि वर्तमानसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हासिल गरेका सफलताहरुलाई अभिलेखिकृत गर्ने उद्देश्यका साथ उक्त हल अफ फेमको निर्माण गरिएको हो ।

उक्त हलमा विभिन्न राष्ट्रिय तथा सैनिक खेलकुद प्रतियोगिताहरुको साथै ओलम्पिक, एसियन, दक्षिण एसियाली खेलकुद प्रतियोगिताहरुमा सैनिक खेलाडीहरुले हासिल गरेका उपाधिहरुको अभिलेख, तस्विरहरु तथा सहभागिता सम्बन्धी जानकारीहरु समावेश गरिएको छ ।

हल अफ फेमको निर्माणले खेलाडीहरुले विगतमा पु¥याएको योगदानको सम्मानका साथै हाल विभिन्न खेलमा आबद्ध भएर योगदान पु¥याईरहेका र भविष्यमा खेलकुद क्षेत्रमा जोडिने समस्त खेलाडीहरुलाई समेत प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्