सरकारी जग्गा सबैभन्दा बढी मकवानपुरमा



हेटौंडा,(नेस)
नेपालका अन्य जिल्लामध्ये मकवानपुरमा सरकारी स्वामित्वमा बढी जग्गा रहेको पाइएको छ । मुलुकभर ९० हजार छ सय ३० रोपनी (चार करोड ६१ लाख १० हजार सात सय ४१ वर्गमिटर) जग्गा रहँदा मकवानपुरमा आठ हजार छ सय ६६ रोपनी सरकारी जग्गा रहेको बताइएको छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको हेटौंडा बजारस्थित बनविज्ञान अध्ययन संस्थान र भुटनदेवी मार्गबीचमा बसोबासको रुपमा प्रयोग भएको र चारैतिर कम्पाउण्डले घेरिएको महत्वपूर्ण व्यापारिक काममा प्रयोग हुनसक्ने नेपाल ट्रष्टको जग्गा उपयोगबिहीन छ ।

२०५८ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह र उहाँको परिवारको सामूहिक हत्यापछि उहाँहरुको नाममा रहेको सम्पतीलाई ट्रष्ट मातहत ल्याउने निर्णयबमोजिम २०६४ मंसिर ६ गते नेपाल ट्रष्टको स्थापना भएको थियो ।

तर, ट्रष्टमातहत आएको भौतिक संरचना र जग्गा÷जमिनको व्यवस्थापन गर्न भने निकै गाह्रो परेको छ । आवश्यकता धेरै छ, बजेट निकै न्यून छ । जसका कारण अपेक्षाकृतरुपमा काम हुन सकेको छैन । ट्रष्टको स्वामित्वमा आएको सम्पतीको उचित व्यवस्थापन, सञ्चालन गरी राष्ट्रको सर्वोत्तम हितलाई ध्यान दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउने मुख्य लक्ष्य ट्रष्टले लिएको छ ।

तथ्यांकअनुसार मकवानपुरमा ५५ कार्यालय छन् । ल्यान्डरोभर गाडी मकवानपुरमा ३ वटा छ । पहिलो चरणमा सरकारी जमिन, भवन तथा सवारीसाधनको लगत तयार गरिएको हो । अब सार्वजनिक जमिन, बन÷जंगललगायत प्राकृतिक स्रोतको लगत संकलन गर्ने सरकारी योजना छ । जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत् सरकारी कार्यालय, जमिन र सवारीसाधनको तथ्यांक संकलन सुरु गरिएको हो ।

तर, सरकारका विभिन्न निकायसँग भएका विभिन्न प्रकारका सम्पतीको एकीकृत विवरण नहुँदा यसको एकिन जवाफ सरकारसँग छैन । सरकारका विभिन्न निकायमा भएको सम्पती चारैतिर छरिएर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्