पत्रकार सिंह ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ



नेपाल समाचारपत्र, जनकपुरधाम ।
ज्यान मार्ने उद्योग अन्तर्गत उजुरी परेपछि पत्रकार राजकमल सिंहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाका साधारण सदस्य रहेका सिंह मुरलीचोकबाट पक्राउ परेका हुन् ।
०७४ मंसिर २५ गते भानुचोकमा भएको घटनामा संलग्न भएको भन्दै सिंहविरुद्ध जाहेरी परेकोले पक्राउ गरिएको प्रहरीले बताएको छ ।
सिंलाई म्याद थप गरी प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । पत्रकार सिंहमाथि पुराना मुद्दाहरू पनि रहेका छन । ती सबै पुराना मुद्दाहरुको समेत अनुसन्धान हुने प्रहरी बताएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघ धनुषा शाखाले बिहीबार प्रेस विज्ञप्ति निकालेर कसैको प्रभावमा नपरी घटनाको अनुसन्धान गर्न र दोषी उपर कारवाही गर्नु पर्ने बताएको छ भने केहिले पत्रकार सिंहलाई राजनीतिक पूर्वाग्रह राखी फसाउन खोजिएको भन्दै तत्काल रिहाइ गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्