वर्षा माग्दै सप्तरीका सिडिओले गरे बनस्खण्डी मठमा पूजा



शिवहरी भट्टराई, राजविराज ।
वर्षा माग्दै सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले विहिवार सप्तरीको तिरहुत गाउँपालिका ५ (साविक लोहजरा–९) स्थित बाबा बनस्खण्डी मठमा पूजा गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सुरक्षा प्रमुखहरु सहित मठमा पुगेका पौडेलले पानीका लागि पुकारा गर्दै पूजा–आजा गरेका हुन् ।
भेडिया मठको नामले प्रशिद्ध बनस्खण्डी मठमा रुद्री, ईन्द्र पूजा र हवन समेत गरिएको छ। रोपाइँका बेला वर्षा नहुँदा सरकारी कोषबाटै रकम निकासा गरी बाबा बनस्खण्डीको पूजा–आजा गर्ने परम्परा छ । यस पटक भने गाउँपालिकाले सम्पुर्ण ब्यवस्था मिलाएको अध्यक्ष हेमन्त वहडखेर यादवले वताए । यादव आफैपनि पुजामा सहभागि भए ।

विगतमा जिल्ला मालपोत कार्यालयले पुजाका लागि रकम निकासा गर्ने चलन थियो भने प्रजानत्त्र स्थापनापछि जिल्ला विकास समिति मार्फत पुजापाठको सम्पुर्ण ब्यवस्थापन हुदै आएको थियो ।
विगतमा तत्कालिन बडाहाकिम तथा अञ्चलाधीशले मठमा पूजा आजा गर्ने परम्परा थियो ।
मठमा विधिवत पूजा गरेपछि पानी पर्ने जनविश्वास रहेकाले जनताको भावनालाई कदर गर्न पुजापाठ गरिएको सिडिओ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्