मालपोत कार्यलयले उठायो साढे दश करोड राजश्व



नेपाल समाचारपत्र, नुवाकोट ।
जिल्ला मालपोत कार्यलय नुवाकोटले गत अािर्थक वर्ष २०७४÷७५मा साढे १० रकोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

मालपोत कार्यलयका प्रमुख बुद्धिलाल श्रेष्ठले कार्यलयले गत आवमा १० करोड ७० लाख ५६ हजार ४ सय २६ रुपैयाँ राजश्व संकलन भएको बताए । कार्यलय प्रमुख श्रेष्ठले नामसारी र संशोधन लगायतबाट १३ लाख ४४ हजार ८ सय ७९ रुपैयाँ संकलन भएको भएको बताए । त्यस्तै रातो पुर्जा विक्रिीबाट २ लाख ५९ हजार ५ सय रुपैया संकलन भएको छ ।

त्यस्तै कार्यलयले दिएको जानकारी अनुसार कार्यलयमा बेरुजु ६ हजार रुपैयाँ भेटिएकको कार्यलय प्रमुख श्रेष्ठले बताउनुभयो । गत वर्ष जिल्ला मालपोत कार्यलय नुवाकोटले कुल ८ करोड ६२ लाख १४ हजार ६ रुपैयाँ संकलन गरेको थियो । जुन यो वर्षभन्दा एक करोड ९४ लाख ५६ हजार ४ सय १४ रुपैया रहेको जिल्ला मालपोत कार्यलय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्