ब्रेकअपपछि जन्मियो कायरा



नायक–नायिका आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मीदेवी शाहले एकै स्वरमा आगामी शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म कायरा फरक फिल्म भएको बताएका छन्।

फिल्मको प्रवद्र्धनका लागि चितवन पुगेका सिग्देलले कायरा एउटा गहिरो लभस्टोरी भएको चर्चा गर्दै फरक फिल्म भएको बताए। नायिका साम्राज्ञीराज्यलक्ष्मीदेवी शाहले प्रेममा ब्रेकअपपछिको कथा  नै कायरा भएको बताइन्।

लक्ष्मण रिजालद्वारा निर्देशित फिल्ममा आर्यन र साम्राज्ञीसँगै शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ, रोजेट्टे काय पब्लोलगायतका कलाकारले अभिनय गरेका छन्। कोशिस क्षत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रवीण सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ (आशिकी) को रहेको फिल्म आर्यन सिग्देल इन्टरटेनमेन्ट र आर एन्ड आर प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो।

प्रतिक्रिया दिनुहोस्