अष्ट्रेलिया: पदयात्री माथि हमला



सिडनी,(एजेन्सी)
पश्चिमी अष्ट्रेलियाको एउटा चर्चित पदयात्रा पथमा एकजना पुरुषले दुईजना फिनिस पदयात्रीलाई सवारी साधन र सावेलले आक्रमण गरेको प्रहरीले मंगलवार जनाएके छ । ति नाम नखुलाईएका ३६ वर्षिय अष्ट्रेलियाली पुरुषलाई हत्या प्रयासको अभियोग लगाइएको छ ।

प्रहरी अनुसनधानबाट उनले एक पुरुष पदयात्रीलाई सवारी साधनले ठोकाएर लडाइसकेपछि सावेल प्रहार गरेका थिए । अर्की महिला पदयात्रीले उनले प्रहार गर्न खोजेको सावेल रोकी थिइन् । त्यसपछि एकजना बटुवाको सहयोगमा प्रहरी नआउन्जेल उनलाई नियन्त्रणमा लिइएको बताइएको छ । दुव ैघाइते पदयात्रीको अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्