थाइल्यान्ड: सुपुर्दगी आग्रह



बैंकक (एजेन्सी)
थाइल्यान्ड सरकारले बेलायतसँग सन् २०१४ मा अपदष्ठ गरिएकी पुर्व प्रधानमन्त्री यिंगलक सिनावात्रालाई सुपुर्दगी गर्न आग्रह गरेको छ । लापरवाही गरेको आरोपमा जेल सजाय पाएकी यिंगलकलाई हाल बेलायतमा स्वनिर्वासनमा रहेकी छिन् ।

थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चान ओचाले मंगलबार उक्त कुराको जानकारी दिएको हो । धानमा सहुलियत दिने योजना ल्याएर देशको अर्बौं डलर नोक्सान गरेको आरोपमा दोषी ठहरिएपछि सुनाइएको जेल सजायँबाट बच्न यिंगलक गत अगस्टमा देशबाट पलायन भएकी थिइन । आफुले गल्ती नगरेको बताउँदै आएकी यिंगलकले उक्त मुद्दा राजनितिबाट प्रेरित रहेको आरोप लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्