भारत: खानलाई मोदीको बधाइ



नयाँदिली (एजेन्सी)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान तहरिक–ए–पाकिस्तानका प्रमुख इमरान खानसँग टेलिफोन वार्ता गरेका छन् । भारतिय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा मोदीे पाकिस्तान चुनावमा इमरानको पार्टी पीटीआई सबैभन्दा ठुलो दल बन्न सफल भएकोमा बधाइ दिएको उल्लेख गरेको छ ।

विज्ञप्तीमा मोदिले पाकिस्तानमा लोकतन्त्रको जरा अझ गहिरिएर जाने अपेक्षा गरेको जनाएको छ । इमरान खानको पार्टीले उनका नेताले पाकिस्तानको स्वतन्त्रता दिवस अगस्ट १४ अगाडी प्रधानमन्त्री पदको सपथ लिन सक्ने जनाएको छ । जुलाइ २५ मा सम्पन्न चुनावमा नेसनल एसेम्ब्लीमा पीटीआई सबैभन्दा ठुलो पार्टीका रुपमा उदय भएको छ ।

प्रतिक्रिया दिनुहोस्