सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयद्वारा पत्रकार सम्मेलनको आयोजना



नेपाल समाचारपत्र, काठमाडौं ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले साउन १५ गते पत्रकार सम्मेलनको आयोजना गरी संगठनबाट भए गरेका कामकारवाहीबारे जानकारी गराएको छ ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक बावुराम पाण्डेले त्यसअवसरमा सशस्त्र प्रहरी बल नेपालको जिम्मेवारी लगायत संगठनले नागरीकको सेवा र सुरक्षामा गरेका कार्यहरु, संगठनको नयाँ संरचना, संगठनमा वृत्तिविकास योजना, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रणमा गरिएका कार्यहरु, गुनासो व्यवस्थापन, संगठनबाट भएका उद्वारकार्य लगायतका विविध विषयमा संचारकर्मीहरुलाई जानकारी गराउनुभयो ।

सो अवसरमा विभिन्न संचारकर्मीले राखेको जिज्ञासामा उहाँले स्पष्ट पार्नु भएको थियो ।

पत्रकार सम्मेलनमा बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक पाण्डेले प्रस्तुत गर्नु भएका केही प्रमुख कार्यहरु यस प्रकार रहेको छ ।

. जिम्मेवारी

सीमा सुरक्षा तथा सीमा व्यवस्थापन¸ विपद् व्यवस्थापन तथा सेवा¸ सुरक्षा¸ सहयोग र उद्दार¸ औद्योगिक सुरक्षा¸ राजस्व तथा भन्सार सुरक्षा एवं राजस्व संकलन अभिवृद्धि गराउनमा सहयोग¸ सशस्त्र संघर्ष नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, दंगा नियन्त्रण, अपहरित व्यक्तिको उद्दार, भि.भि.आई.पि. एवं भि.आई.पि. सुरक्षा लगायत नेपाल सरकारले विभिन्न समयमा सुम्पेका थप जिम्मेवारीहरु ।

. नागरिक सेवा सुरक्षा प्रदान

  • विकट रहेका नागरिकहरुलाई समेत सशस्त्र प्रहरी सेवा प्रदान गर्न परम्परागत सांगठनिक संरचनाको अवस्थाबारे विस्तृत अध्ययन गरिएको ।
  • राष्ट्रको परिवर्तित आवश्यकतालाई परिपूर्ति गर्न तथा विशेष सुरक्षा प्रदान गर्न सशस्त्र प्रहरी बल¸ नेपालको हालको संरचनालाई परिमार्जन गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति 2075/02/27 गतेको निर्णयबाट “सशस्त्र प्रहरी बलमा सांगठनिक पुनर्संरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण 2075” स्वीकृत भई सो बमोजिमको संरचना यसै महिनाबाट लागू गरिएको/लागू हुने क्रममा रहेको ।
  • संगठनले अबका दिनहरुमा सेवा प्रवाह र सुशासन कायम राख्न आफ्नो ‘म्याण्डेटोरीयल टास्क’ सहित सशस्त्र प्रहरी कर्मचारीहरु Long Range Patrol (LRP), Force March, Short Range Patrol (SRP) का रुपमा परिचालन भई गाउँ-गाउँसम्म पुगी जनतालाई सेवा, सुरक्षा तथा सहयोग र आपतविपद्‌मा उद्दार गर्ने व्यवस्थालाई बलियो बनाइएको ।
  • हालका दिनहरुमा काठमाडौं उपत्यका लगायत देशका सातै प्रदेशमा गरी करीव ७७ वटा छुट्टा-छुट्टै टोली Immediate Response Team (IRT) को  रुपमा Highway मा चौविसै घण्टा खटिएको ।
  • आपतविपद्‌मा उद्दार कार्यका लागि बनाइएको टोली १३ स्थानमा एम्वुलेन्स, प्राथमिक उपचारका सामान तथा अन्य सुरक्षा सामाग्रीसहित चौविसै घण्टा मूल सडकमै तैनाथ रहेको ।

 

  • सशस्त्र प्रहरी सेवा प्रदान गर्न देशभर गरी ९ सयभन्दा बढी स्थानमा दैनिक रुपमा ड्‍यूटी परिचालन गरिएको ।
  • प्रत्यक्ष रुपमा जनतालाई सेवा प्रदान गर्न दैनिक रुपमा करीव ९ हजारको जनशक्तिलाई परिचालन गरिएको ।
  • देशभरका विभिन्न व्यारेकमा गरी करीव ३ हजार जनशक्ति तत्काल परिचालन गर्ने गरी चौविसै घण्टा उच्च सतर्कतामा राखिएको ।
  • जनतालाई सेवा प्रदान गर्ने सिलसिलामा सशस्त्र प्रहरी बल¸ नेपाल प्रधान कार्यालयसँग सिधै सम्पर्क गर्न हटलाईन सेवा ४२८७३४७ साथै टोल फ्रि नं. 11१4 को व्यवस्था गरिएको ।

. संगठनको नयाँ संरचना

  • हाल विद्यमान ५ वटा बाहिनीहरुको संख्यामा वृद्धि गरी ७ प्रदेश र उपत्यकामा १ गरी जम्मा ८ वटा बाहिनी रहने ।
  • विद्यमान तालिम केन्द्रहरु यथावत राखी सबै प्रदेशमा तालिम केन्द्र रहने गरी थप नयाँ ५ तालिम केन्द्र स्थापना गरिने ।
  • 237 नफ्रीका सीमा सुरक्षा कार्यालयलाई नाम परिवर्तन गरी 621 नफ्रीको गणमा स्तर वृद्धि गरिएको ।
  • हाल रहेका ३८ अनाश्रित गुल्महरुको संख्यामा वृद्धि भई ५६ भएको । १७ स्थानमा आश्रित गुल्महरु स्थापना भई सबै जिल्लाहरुमा सशस्त्र प्रहरी बल, नेपाल परिचालन हुने अवसर श्रृजना भएको ।
  • हाल रहेका ८७ बि.ओ.पि.हरुलाई अन्तर्राष्ट्रिय मान्यता अनुसार गणबाट परिचालित हुने गरी बि.ओ.पि.हरुको संख्यालाई कायम राखी अरु थप बि.ओ.पि.हरु स्थापना गरी सीमावर्ती इलाकामा परिचालन हुने हुँदा बि.ओ.पि.को संख्यामा उल्लेख्य वृद्धि हुने ।
  • सम्पूर्ण सशस्त्र प्रहरी बल, नेपालका इकाईहरु (तालिम शिक्षालय बाहेक) 8 स्थानमा रहेका बाहिनीको कमाण्डमा परिचालन हुने ।
  • जिल्लामा रहेका सबै किसिमको गुल्म तथा पोष्टहरुको कमाण्ड उक्त जिल्लामा रहेको सशस्त्र प्रहरी गणको रहने ।
  • केन्द्रमा सशस्त्र प्रहरी बल महिला गुल्मको स्थापना गरिने साथै प्रत्येक बाहिनीमा १/१ से.मु. नफ्रीमा महिला सशस्त्र प्रहरी कर्मचारीलाई खटाईने ।
  • हाल प्रदेश नं. १ र प्रदेश नं. ६ मा क्षेत्रीय अस्पताल रहेकोमा भविष्यमा सबै प्रदेशमा रहने गरी स्थापना गर्दै लगिने ।
  • सशस्त्र प्रहरी अधिकृतहरुको सरुवा गर्दा जिम्मेवारी सहित सरुवा प्रणालीको नीति बनाई सरुवा गर्न लागिएको ।

. सशस्त्र प्रहरी बल¸ नेपालको नयाँ सांगठनिक पुनर्संरचना गर्दा हुने फाईदाहरु

  • एकै तहका युनिटहरुको नफ्रीमा समान हुने।
  • युनिट सरुवा प्रणाली लागू गर्न सकिने ।
  • सांगठनिक संरचना तथा चेन अफ कमाण्ड मजबुत हुने ।
  • सबै जिल्लाहरुमा सशस्त्र प्रहरी बल, नेपालको उपस्थिति रहने ।
  • संगठनमा हाल रहेको जनशक्तिबाट नै नयाँ संरचनामा जान सकिने ।
  • सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्ति विकासमा सहयोग पुग्ने ।
  • अवसरको समान तथा न्यायोचित वितरण हुने ।
  • कमाण्डमा रहेका सशस्त्र प्रहरी अधिकृतहरुलाई थप जिम्मेवार बनाउन सकिने ।
  • प्राविधिक समूहमा रहेका सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्ति विकासमा थप टेवा पुग्ने ।

. दैनिक कार्य सम्पादनमा लेस पेपर अवधारणा लागू

  • प्रविधिको प्रयोगमा जोड ।
  • इन्ट्रानेटको संजालमा ल्याई दैनिक कार्यलाई सहज, सरल र प्रभावकारी ।

 

  • कम भन्दा कम पेपरको प्रयोग ।

. अवैध चोरीपैठारी निकासी नियन्त्रण

  • सशस्त्र प्रहरी बल¸ नेपालले २०७५ साल वैशाख¸ जेष्ठ आषाढ गरी तीन महिनाको अवधिमा कूल करोड ८९ लाख ४४ हजार ९४३ रुपैयाँ बराबरको चोरीपैठारी निकासी, अवैध सवारी साधन र वन पैदावार¸ ¸८९५ क्यू.फिट काठ बरामद गरी सम्बन्धित कार्यालयहरुमा बुझाएको ।

२०७५ साल वैशाख¸ जेष्ठ आषाढ महिनामा चोरीपैठारी निकासीका सामान बरामद

क्र.सं. महिना बरामद सामानको रकम कैफियत
अङ्कमा अक्षरमा
1. वैशाख 1¸०८¸३०¸८५१/- एक करोड आठ लाख तिस हजार आठसय एकाउन्न रुपैया  
2. जेष्‍ठ १,26,००,६६९/- एक करोड छब्बीस लाख छ सय उनान्सत्तरी रुपैया  
3. आषाढ 1¸5५¸१३¸४23/- एक करोड पचपन्न लाख तेह्र हजार चार सय तेईस रुपैया  
जम्मा ¸८९¸४४¸९४३/- तिन करोड उनान्नब्बे लाख चवालिस हजार नौ सय त्रिचालिस रुपैया  

. अपराध नियन्त्रणतर्फ

अवैध पक्राउ

सि.नं. महिना ब्यक्ति भरुवा/एयर बन्दुक बिभिन्न हतियारका राउण्ड कैफियत
1. २०७५ वैशाख ७७ २९  
2. २०७५ जेठ ६४  
3. 2075 आषाढ 42  
जम्मा 83 जना थान २९ गोटा  

८. अवैध हातहतियार तथा लागूऔषध बरामद

सि.. महिना गाँजा (के.जि.) चरेश (के.जि.) नाईट्रोजन(ट्याब्लेट) नाईट्रोभेट(ट्याब्लेट) लुपिजेसिक(ट्याब्लेट) कोरेक्स(बोतल) फेनरागन(ट्याब्लेट) एभिल(बोतल) सिरिन्जहरु स्पास्मो प्रोक्सिभन डाईजेपाम(ट्याब्लेट) नुफिन अन्य
बैशाख 110 298 0 0 6 21 0 1 0 21 21 2
जेष्ठ   194 13 0 2 26 0 0 130 90 19 0
आषाढ   154 30 261 0 446 72 8 69 377 378 364
जम्मा 10 110 646 43 261 8 493 72 9 199 488 418 366

 

. विपद् उद्दार

  • विपद् उद्दार सशस्त्र प्रहरी बल¸ नेपालको उच्च प्राथमिकताको क्षेत्र रही आएको ।
  • काठमाडौं उपत्यका, चितवनको कुरिनटार लगायत सबै बाहिनीहरुमा ५० जनाको दरले दक्ष जनशक्ति खटाइएको
  • यसै वर्ष वैशाख,जेष्ठ र आषाढ महिनाको अवधिमा उद्दार कार्यमा ४ हजार ७ सय १९ जना सशस्त्र प्रहरी कर्मचारी परिचालित भएको ।
  • 2075 साल वैशाखदेखि हालसम्म भएको विपद् उद्दार सम्बन्धी घटनाको विवरण

 

 

क्र.सं. विवरण घटना संख्या घाईते उद्दार मृत्यु उद्दार भौतिक क्षति वेपत्ता आर्थिक क्षति परिचालित नफ्री कै.
1. सडक दुर्घटना 360 1¸155 189 0 0 0 2¸325 जना  
2. आगलागी 161 21 5 181 0 1¸91¸00¸64¸222 1¸861 जना  
3. बाढी पहिरो 28 26 31 36 8 0 302 जना  
4. हवाई दुर्घटना 2 0 0 0 0 0 0  
5. अन्य 72 18 33 27 8 0 231 जना  
जम्मा 623 1¸203 241 212 16 1¸91¸00¸64¸222 4¸719 जना  

 

1. सशस्त्र प्रहरी बल¸ नेपालमा वृत्तिविकास योजना

  • अहिलेसम्म विभिन्न दर्जाका गरी ७१४ जनाको पदोन्नति गरिएको । २¸२७९ जना नयाँ नियुक्ति (भर्ना) गरिएको।
  • सशस्त्र प्रहरी बल¸ नेपालको ऐन तथा नियमावलीमा समयानुकूल परिमार्जन एवं संशोधनको प्रक्रिया अगाडी बढाउने योजना रहेको  ।
  • संगठनको विकास र विस्तारका लागि संरचनामा समयानुकूल परिवर्तन गर्दै लगिने ।
  • सशस्त्र प्रहरी बल¸ नेपालको प्राविधिक सेवालाई समयानुकूल स्तरोन्नति गर्दै लैजाने।
  • कार्य सम्पादन मूल्याङ्कनलाई वैज्ञानिक प्रणालीका आधारमा व्यवस्थित तथा समयानुकूल विकास गर्दै लैजाने ।
  • प्रविधिमुखी प्रणालीको कार्यान्वयनमा जोड र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुरक्षा सामाग्री उपलब्धताका लागि पहल गर्ने ।
  • सशस्त्र प्रहरी बल¸ नेपालको विपद् व्यवस्थापनको कार्यलाई संस्थागत, आधुनिकीकरण, प्रभावकारी, विशिष्टीकरण र व्यापकता प्रदान गर्दै लैजाने।
  • भ्रष्टाचार¸ लैङ्गिक हिंसा र मानव अधिकारका क्षेत्रमा शुन्य सहनशीलताको नीति अवलम्बन ।
  • मानव अधिकार संरक्षण र प्रवद्धनको क्षेत्रमा खेल्दै आएको भूमिकालाई थप प्रभावकारी बनाउने तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मापदण्ड अनुसारको नीति तथा योजना तर्जुमा।
  • सशस्त्र प्रहरी बल¸ नेपालमा कार्यरत सकल दर्जाका कर्मचारीहरूको लैङ्गकि समानतालाई अभिवृद्धि गर्न लैङ्गकि एकाईको स्तर अभिवृद्धिमा जोड ।
  • सशस्त्र प्रहरी बल¸ नेपालका राष्ट्रसेवक कर्मचारीहरुको मनोवल उच्च राख्न तथा अन्तर्राष्ट्रिय स्तरमा संगठनको उच्चस्तरीय सहभागिताका लागि संयुक्त राष्ट्र संघीय सेवामा विस्तारका लागि पहल गरिने ।

१२. गुनासो ब्यवस्थापन सम्बन्धमा

  • गुनासो ब्यवस्थापनको लागि सचिवालय मातहतमा गुनासो सुनुवाई शाखाको ब्यवस्था गरिएको र छानविन गर्दा दोषी पाईएकालाई कारवाही गरिएको ।
  • हेलो सरकारबाट प्राप्त गुनासोहरुलाई तत्काल सुनुवाई गरी त्यसको प्रगति विवरण अनलाईनबाट नै हेर्न सकिने ब्यवस्था रहेको ।
  • गुनासो फोकल अधिकारी तोकी यसलाई सिघ्र कार्यान्वयनको ब्यवस्था मिलाईएको ।

२०७५ वैशाखदेखि आषाढसम्म

सि.नं. विवरण संख्या फर्छ्यौट भईसकेको फर्छ्यौट हुन बाँकी कैफियत
अनियमितता (राशन तथा आर्थिक)  
लैंगिक तथा घरेलु हिंसा  
आचरण विपरित कार्य एवं अनियमितता  
सरुवा, बढुवा तथा काज  

 

तलब भत्ता  
यु.एन. मिशन  
तालिम  
आर्थिक कारोबार  
अन्य १७ १७  
जम्मा ४९ ४६  

 

नोट :- बैशाख – ११, जेष्ठ- २२, आषाढ – १६ ‍=  ४९

(ईमेल/फेसबुक-५, टेलिफोन-१८, निवेदन/प्रत्यक्ष-२४, पत्र/फ्याक्स- २)

१३. यू.एन. मिसन सम्बन्धी :-

  • सशस्त्र प्रहरी बल नेपाल UN Peacekeeping Mission को लागी बिभिन्न शान्ती स्थापना मिशनमा खटिएको
  • शान्ति मिसनमा छनौट कार्यविधि लागू गरी छनोट कार्य निष्पक्ष र पारदर्शी ढंगले गरिरहेको ।
  • सन् २००२¸ अक्टोबर १९ बाट यू.एन. मिसनमा सहभागिता ।
  • हाल UNPOL ३१ जना र FPU-३२० जना ।
  • UNPOL ७८५ जना र FPU ६४५९ जना कार्यकाल पूरा गरेका ।
  • UNMISS NEPFPU-I Juba -१८० UNMISS NEPFPU-II Bor -१४०

१४. कारवाही

  • स.प्र. बल नेपालले नेपाल सकारको भ्रष्टाचार र लैंगिक हिंसामा सुन्य सहनशिलता, मानवअधिकारको पूर्ण सम्मान गर्ने नीतिको अक्षरस: लागू गर्न प्रतिबद्ध रहेको ।
  • अनुशासनहिन कामकारवाही गरी जवाफदेही नहुने र आचरण विपरितका कामकारवाहीहरु गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई तत्काल कारवाही गर्ने नीति अबलम्बन गरिरहेको ।
  • कमाण्ड तथा जिम्मेवारी सन्तोषजनक नभएका ३ युनिट प्रमुखलाई जिम्मेवारीबाट हटाईएको ।
  • २१० जना सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई विभागीय कारवाही गरिएको ।

कारवाहीको विवरण :-

क्रसं साल/ महिना सिनियर अधिकृत जुनियर अधिकृत बिल्लादार तथाजवान जम्मा
नोकरीबाट हटाइएको घटुवा बढुवा रोक्का अन्य कारवाही नोकरीबाट हटाइएको घटुवा बढुवा रोक्का अन्य कारवाही नोकरीबाट हटाइएको घटुवा बढुवा रोक्का अन्य कारवाही
वैशाख         १८ २१ ४५ ९०
जेष्‍ठ           २४ ४१ ८२
आषाढ               १९ ३८
जम्मा         ३६ ५३ १०५ २१०

१५. सेवानिवृत्त सम्बन्धी

राजीनामा तथा अवकाश सम्बन्धी

महिना .प्र.नि. .प्र.ना.नि. .प्र..नि. .प्र... .प्र.. .प्र... .प्र.. .प्र.. जम्मा
राजीनामा
वैशाख १० ४५ ११ २८ १००
जेष्‍ठ १४ ५५ ३६ ४१ १६०
आषाढ ३३ ४१८ २६ १३ २९ ५२६
जम्मा २७ १३३ ४६५ ३१ २२ ९८ ७८६
अवकाश

 

बैशाख जेष्ठ र आषाढ ११ १०२ ८९ २०२
राजीनामा महिनामा १६० ६२३ ७८६

 

१६. खेलकुद

  • राष्ट्रियस्तरका ३ प्रतियोगिताहरुको सशस्त्र प्रहरी बल¸ नेपालद्बारा आयोजना
  • कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता,
  • सहवीर स्मृती खुल्ला लनटेनिस प्रतियोगिता,
  • सशस्त्र प्रहरी महानिरीक्षक खुल्ला महिला भलिबल प्रतियोगिता,
  • मुख्य खेलहरु फुटबल, भलिबल, व्याडमिन्टन, क्रिकेट, बक्सिङ, कराते, जुडो, तेक्वाण्डो, एथ्लेटिक्स, जिम्न्यास्टिक, लनटेनिस, उसु, हृयाण्डबल, चेस, टेवल टेनिस, सफ्ट टेनिस, साम्बो ।

२०७५ सालमा भएका विभिन्न खेलकुदमा प्राप्त पदकहरुको विवरण :-

विवरण स्वर्ण रजत कास्य जम्मा पदक
२०७५ साल वैशाख, जेष्ठ र आषाढ महिनामा प्राप्त पदकहरु राष्ट्रिय २७ २२ ५८
अन्तर्राष्ट्रिय १२ १५ ३४
जम्मा पदक ३९ १६ ३७ ९२

 

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

प्रतिक्रिया दिनुहोस्