नेप्से घट्यो, कारोबार बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शून्य दशमलव ४४ अंकले घटेर १ हजार १ सय ९४ दशमलव ३८ को बिन्दँमा कारोबार बन्द भएको छ ।

कुल १ सय ७० कम्पनीका १२ लाख ८४ हजार ९४४ कित्ताको शेयर २९ करोड ६१ लाख ५६ हजार २५२ रुपियाँमा खरिद बिक्री कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा ११ करोड १२ लाख बराबरले बढेको छ ।

यस दिन सबैभन्दा बढी माछापुच्छे« बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड ३४ लाख ७२ हजार ७२२ रुपियाँको कारोबार भएको थियो ।

त्यस्तै सोमबार धेरै कमाउनेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था, तिनाउ विकास बैंक र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । धेरै गुमाउनेमा सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताहरु रहेको छ । जसको शेयर मँल्यमा ९ दशमलव ५२ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १० वटा उपपरिसँचकमध्ये ६ वटा समूह घटेको छ भने ४ वटा समूह बढेका छन् । सबैभन्दा बढी बढनेमा उत्पादक तथा प्रशोधन समूह ४ दशमलव ६६ अंक, फाइनान्स समूह ४ दशमलव १८ अंक, बैंकिङ समूह शून्य दशमलव ७९ प्रतिशत र विकास बैंक समूह शून्य दशमलव २२ अंकले बढेको छ ।

यस्तै सबैभन्दा बढी घट्ने जीवन बीमा २० दशमलव ५१ अंक, निर्जीवन बीमाको १४ दशमलव ७२ अंक, होटल समूह ९ दशमलव ९९ अंक, अन्य समूह २ दशमलव २५ अंक, जलविद्युत् समूह १ दशमलव ३७ अंक र लघुवित्त समूह शून्य दशमलव शून्य ५ अंकले घटेको छ ।

सोमबार ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसूचकभने शून्य दशमलव शून्य ७ अंकले बढेर २ सय ५१ दशमलव ६२ अंकमा पुगेर बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्