७ वर्षे बालकको मार्मिक अभिनय



मेरो मामु नामक फिल्मको गीत सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक समारोहबीच एक ७ वर्षीय अबोध बालकले आमा गुमाउनु पर्दाको पीडा समेटेर तयार गरिएको मेरी मामुको गीत मलाई माफ गरिदेउ आमा सार्वजनिक गरिएको हो।
व्यक्त गरिएको छ। गीतमा ७ वर्षीय बाल कलाकार आयुव सेनले आमा गुमाउँदाको अबोधपन र मातृत्व विहीनताको आभाषसँगै एकलपनले सताएको मार्मिक अभिनय गरेका छन्। गीत सकिँदा जो–कोहीलाई पनि आफ्नी आमाको महव र ममताको याद गराउँछ। गीतका रचनाकार रवि मल्ल, संगीतकार कल्याण

सिंह र गायक रोहित जोन क्षत्री हुन्।
चंखे शंखे पंखे, प्रेमगीत र प्रेमगीत–२ जस्ता व्यावसायिकरूपमा फिल्म सफल भएपछि निर्माता सन्तोष सेनले निर्माण गरेको फिल्मको यो शीर्ष गीतमा बाल कलाकार आयुव सेनसँगै सारुक ताम्राकार र कुसुम गुरुङले अभिनय गरेका छन्। फिल्ममा अश्लेषा ठकुरी, भुवन चन्दलगायतले अभिनय गरेका छन्। यम थापाको लेखन निर्देशन रहेको फिल्ममा पुरुषोत्तम प्रधान र मानकृष्ण महर्जनको छायांकन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्