एनआईसी एसिया बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) सँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले बैंकको २३३ वटै शाखाबाट सहज रुपमा युनाइटेड इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गर्नुभयो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २३३ शाखा कार्यालय, २२१ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवम् १५ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १७५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५० अर्ब तथा कुल कर्जा करिब ११९ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्