कुकुरको नाममा पुरस्कार



काराकास, (एजेन्सी)
कोलम्बियामा लागूपदार्थ नियन्त्रण प्रहरी बलका एक कुकुरको नाममा ड्रग माफियाले करिब ८ हजार डलरको पुरस्कार राखेको छ। उक्त कुकुरले आफ्नो करियरमा कीर्तिमान हुने गरी कयौं टन लागूपदार्थ पक्राउ गर्न सहयोग पुर्याएको छ। उडाबेन्यास ग्याङले जर्मन सेफर्ड नस्लको उक्त पोथी कुकुरको नाममा २ करोड कोलम्बियाली पेसोको पुरस्कार राखिएको गुप्तचर सूत्रले जनाएको छ। उडाबेन्यासलाई कोलम्बियाको सबैभन्दा शक्तिशाली आपराधिक संगठन मानिन्छ। सोम्बरा नामक ती कुकुरलाई उक्त समूहको गढबाट हटाएर बोगोटा विमानस्थलमा ड्युटीमा खटाइएको छ। सोम्बराले १० टन कोकिन पक्राउ गराएका थिए।

प्रतिक्रिया दिनुहोस्