गाउँको विपत् कहिले देख्ने सिंहदरबारले ?



ठाउँ–ठाउँमा पहिरोले मान्छे मारेको मा¥यै छ । वर्षा लागेसँगै तराईमा डुबान र पहाडमा पहिरोले जनधनको क्षति भएका समाचार आउन रोकिएको छैन । बुधबार राति मात्रै रसुवामा दुःखद घटना भयो । गतवर्ष पनि तराईका अधिकांश भाग डुबानमा परेका थिए । सीमाक्षेत्रका भारतीय बाँधका कारण नेपाली भूभाग डुबानमा परेको स्याल हुइँया चलायो काठमाडौंले । अघिल्ला वर्षहरूमा पनि यस्तै हुन्थ्यो, वर्षासँगै चर्चा र चासो पनि सेलाउँथ्यो ।

तराई–मधेसमा डुबान भारतीय बाँधभन्दा चुरेक्षेत्रमा हुने अवैध उत्खननका कारण भएको भूक्षयले हो भन्ने न काठमाडौंले बुझ्यो, न त मधेसका हिमायती हौँ भन्नेहरूले नै बुझाउने चेष्टा गरे । बरु, उनीहरूले राहतस्वरूप दिइने चामलका बोरामा समेत राष्ट्रिय जनता पार्टीको चुनाव चिह्न अंकित गरे । मधेसी जनताको हिमायती आफू मात्र भएको देखाउँदै भोटको राजनीतिमा लिप्त देखिए । तराई–मधेस मरुभूमीकरण हुँदै गएकोप्रति कसैको चिन्ता रहेन । पहाडमा राजनीति गर्ने दल अहिले मौन छन् । पहाड पहिरोले रोइरहेको छ । यसकारणले विपत् व्यवस्थापन र उद्धारमा खासै सक्रियता नदेखाएको देखिएको छ । यसतर्फ ध्यान जाओस् ।
– मञ्जुर केसी, स्याङ्जा ।

प्रतिक्रिया दिनुहोस्