प्रधानसेनापति बलाधिकृत रथी पूर्णचन्द्र थापा हुने पक्का



काठमाडाैं । नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी पूर्णचन्द्र थापा हुने करिब पक्काजस्तै भएको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बथापालाई कायमुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकेको हो । त्यसका लागि बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेको छ । हालका प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी २४ भदौमा सकिँदै छ ।

बैठकले साउन २५ गतेबाट लागू हुनेगरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । सेनामा अवकाश हुनुभन्दा एक महिना अवागै सेनापति बिदा बस्ने प्रचलन छ । प्रधानसेनापति क्षत्री आगामी २४ साउनदेखि बिदा बस्दै छन् । थापाले भदौ २५ पछि प्रधानसेनापतिको जिम्मेवार पाउँने छन् ।

प्रतिक्रिया दिनुहोस्