लन्डन (एजेन्सी)
बेलायतका युवराज चाल्र्सले एक युवकलाई यौन शोसन गरेको स्विकार गर्ने धर्मगुरु पादरीसँग दुई दशक भन्दा लामो समयसम्म सम्पर्कमा रहनुको कारण खुलासा गरेका छन् ।
आपुले पुर्व पादरी पिटर बल्सको भनाईलाई विश्वास गरेको प्रिन्स अफ वेल्सले बताए । आफुलाई अविवेकी पुर्ण ढंगले समातेको बल्सले बताएको बाल यौन दुराचार छानबिनलाई दिएको एक विज्ञप्तीमा युवराजले उल्लेख गरेको छ ।
१८ बर्षिय युवकहरुमाथि यौन शोसन गरेकोमा सन् २०१५ मा उनलाई दोषी ठहर्याउदासम्म चाल्र्सले बलसँग पत्र आदान प्रदान जारी राखेका थिए । चाल्र्सले बाल यौन शोसनको स्वतन्त्र छानबीन (आईआईसीएसए) समक्ष पठाएको उक्त बयान टाइम्स अफ लन्डनले प्राप्त गरेको छ । उक्त बयानको पुर्ण विवरण अर्को हप्ता प्रकाशित गरिने बताइएको छ ।
बेलायतका शाही परिवारसँग सम्बन्ध रहेका बलले सन् १९९३ मा साना अपराधमा सचेत गराइएको थियो । एक युवकमाथि दुब्र्यवहारको घटनालाई स्विकार गरेपछि उनलाई उक्त सचेत गराइएको थियो । त्यतिबेला बललाई उनको पदबाट राजिनामा दिन बाध्य पारिएको थियो ।
सन् १९९३ पछि पनि चाल्र्स र बलबीच पत्र आदान प्रदान जारी रहेको बीबीसीले जनाएको छ । बलले त्यतिबेला शाही परिवारसँग उनको सम्बन्ध रहेको दावी गरेका थिए । बलले सन् १९९३ मा एउटा अविवेक पुर्ण कार्यका लागि आफुलाई सचेत गराएको आफुलाई भनेको चाल्र्सले बताएको टाइम्सले जनाएको छ ।
उक्त घटनाको असरप्रति आफु वास्तवमै सचेत नभएको ६९ बर्षिय चाल्र्सले लेखेको टाइम्सले जनाएको छ ।