स्प्राइट, कोक तथा फ्यान्टामा ‘रिफ्रेस बनायो, रिर्चाज गरायो’



काठमाडौं, (नेस)
कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्नो उत्पादन स्प्राइटको ‘रिफ्रेस एन्ड रिचार्ज’ नामक अफर सार्वजनिक गरेको छ । ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टाको खरिद गरी यो योजनामा सहभागी हुन सक्नेछन् ।

यो योजनामा ग्राहकले १० देखि ५००० सम्मको रिचार्ज प्राप्त गर्न सक्नेछन् । यो योजना अवधिमा ग्राहकले ४ करोड रुपियाँ बराबरको रिचार्ज जित्न सक्नेछन् । कम्पनीले उक्त अफरको ट्याग लाइन ‘रिफ्रेस बनायो, रिर्चाज गरायो’ भन्ने नारा सहित ल्याएको हो । स्प्राइटले रिफ्रेर्समात्र गराउँदैन, तपाईको फोन समेत रिचार्ज गराउँछ भनेर उक्त ट्याग लाइनले सार्थक पार्छ भन्ने कम्पनीको भनाइ ।

यो अभियानको भागको रूपमा स्प्राइटले एउटा टीभीसी पनि सार्बजनिक गरेको छ, जुन रिफ्रेस र रिचार्जको मुख्य सन्देशमा केन्द्रित छ । निकै नै गर्मीको मौसममा एकजना केटो तिर्खाले ब्याकुल भएको अवस्थामा देखिन्छ र उसले आफ्नो मोबाइलमा ब्यालेन्स सकेको भनेर म्यासेज पाउँछ ।

 

ऊ पसलमा पुग्छ र उसले पसलेसँंग रिचार्ज कार्ड माग्छ र पसलेले उसलाई रिचार्ज कार्ड दिँदा उसले यो होइन स्प्राइट मागेको हो भन्छ । स्प्राइट पीई सकेपछि उसले नोटिस गर्छ, स्प्राइटले रिफ्रेस मात्र होइन फोन पनि रिचार्ज गर्दो रहेछ ।

यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरि लेवल पछाडिको युनिक कोडलाई टाइप गरी ३६७६८ मा एसएमएस गर्नुपर्ने छ । यो योजना भदौ १५ गतेसम्म लागू हुनेछ । यो अफरबिना स्टक पनि उपलब्ध छ । थप जानकारीको लागि राष्ट्रिय दैनिक र कोकाकोला नेपालको अधिकारिक फेसबुक पेज सार्वजनिक हुने कम्पनीले जनाएको छ ।
कम्पनीका असनुासर योजना ५०० एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागँ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्