बाढीले वडा अध्यक्षको घर खेत बगायो



धनवीर दाहाल, रुकुम ।

सानीभेरी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष टेक बहादुर पुनको घर खेत बाढीले बगाएपछी घरबार विहिन भएका छन् ।

सानीभेरी गाउँपालिका वडा नं १ पक्रैयाँ मा रहेको घर र घरवरीपरीको ६ रोपनी जग्गा बाढीले पूर्ण रुपमा क्षति गरेको छ । गत वर्ष किनेको घर र खेत खहरे खोलाले बगाए पछी वडा अध्यक्ष घरबार विहिन भएका हुन ।

अविरल वर्षाको कारण घरभन्दा माथिको खहरे खोलाको बाढीले घरखेत पुरेको छ । बाढिले मानविय क्षति नगरेपनि घर र खेतमा बाढि पस्दा खेतको बालि र आँप लिचीको बगैचा पूर्ण रुपमा पुरेको छ ।

अध्यक्ष पुनले यस भन्दा १ महिना पहिले पनि बाढि घरमा पस्दा केहि क्षेति भए पनि अहिले परै क्षति बेहोर्नु परेको बताए । आफ्नो घरमा यस्तो विपत्ती आइलाग्दा पनि अध्यक्ष पुन गाउँका अन्य जोखिममा रहेका घर तथा बस्तीहरुमा नियमित रुपमा जाने गरेको बताए ।

उनले भने “मेरो यस्तो अवस्था छ राहतको लागि कुरा गर्दा जिल्ला प्रशासनबाट ४ हजार मात्र पाइन्छ भनेपछी म लग एत गाउँका थुप्रै पहिरोको जोखिममा रहेको बस्ति निरास छौं ।” आर्थिक सहयोग नभएपनि आफ्नो लगाएत अन्य जोखिममा रहेका घर बस्तीहरुलाई पहिरो रोकथामका लागि आवश्यक पर्ने तार जाली तथा अन्य सामाग्रीको सहयोगको अपेक्षा गरेको बताए ।

निर्माणाधिन मध्यपहाडी लोकमार्गको मुनिपट्टि रहेको घर र बारीमा मध्य पहाडी लोकमार्गमा खनेको नयाँ माटो र १ नं वडा ले खनेको कृषिसडकको माटो मुसल्धारे वर्षाको कारण बाढीको रुप लिइ घर बारीमा पस्दा यस्तो विपत्ती भएको हो ।

साविकको पूर्तिमकाँडा गाविसमा पर्ने पक्रैया बस्ती र आसपासको क्षेत्र बाढी पहिरोको उच्च जोखिममा रहेको छ । यसभन्दा अघि पनि पूर्तिमकाँडाको गिठाकोटमा पहिरोले घर वगाउदा एकै घरका ७ जनाको र पूर्तिमकाँडा गाउँमा एकै घरका ३ जनाको ज्यान गैसकेको छ ।

भौगोलिक रुपमा अति कमजोर भू बनावट रहेको पूर्तिमकाँडा सानीभेरी गाउँपालिकाकै जोखिममा रहेको मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्