पानीको कुवासँगै कार्टुन्ज क्र्यु



कार्टुन्ज क्र्युलाई फिचरिङ गरिएको पानी कुवाको बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। यो उनीहरूले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो, जसमा क्र्युका सबै सदस्य नेपाली पोसाकमा देखिएका छन्।

भिडियोमा आश्मा विश्वकर्मा गुन्यु चोलीमा सजिएकी छिन् भने सरोजलगायत क्र्युका अन्य सदस्य दौरा सुरूवाल र स्टकोटमा देखिएका छन्। साथै भिडियोमा नायिका प्रियंका कार्कीलाई पनि देखाइएको छ। भिडियोमा उनको छोटो भूमिका छ।

गीतमा सरोज ओली र स्मिता दाहालको स्वर रहेको छ। दिनेश थपलियाको शब्द रहेको गीतमा संगीतकार वसन्त सापकोटाले संगीत भरेका छन्। कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका छन्। उदयराज पौडेलले एरेन्ज गरेको गीतलाई उज्ज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्