पुर्वी युक्रेनमा जनमत संग्रह गराउने पुटिनको प्रस्ताव अस्विकार



वासिंगटन (एजेन्सी)
द्वन्द्वग्रष्त पुर्वी युक्रनमा जनमत संग्रह गराउने रुसी राष्टपति भ्लादिमिर पुटिनको प्रस्तावलाई अमेरिकाले अस्विकार गरेको छ । रुसी राष्टपति पुटिन द्वारा ल्याइएको पुर्वी युक्रेनमा जनमत संग्रहको मागको समर्थन गर्ने विचार नरहेको ह्वाइट हाउसले जनाएको छ ।

गत हप्ता अमेरिकी राष्टपति डोनाल्ड ट्््रम्प र पटिन बीच हेलसिन्कीमा भएको शिखर वार्तापछि उक्त प्रस्तावका विषयमा चर्चा भएको खुलासा भएपछि अमेरिकाले उक्त कदममा रुसको समर्थन गर्न सक्ने विश्लेषण सन्चार माध्यममा आइरहेको थियो ।

अमेरिकाका लागि रुसका राजदुत एनातोली एन्तानोवले हेलसिन्की शिखर वार्तामा दुई नेताबीच पृथक्तावादी प्रभावित पुर्वी युक्रेनमा द्वन्द्व समाधानका लागि जनमत संग्रहमा जाने विषयमा चर्चा भएको बताएका थिए । अमेरिकी राष्टिय सुरक्षा परिषदका प्रवक्ता गेरेट मार्किसले रुस र युक्रेनको सरकारबीच डोनबास क्षेत्रमा जारी संघर्ष समाप्त गर्नका लागि भएको सम्झौतामा जनमत संग्रहको कुनै विकल्प समावेश नगरिएको बताए ।

तथाकथित जनमत संग्रह गर्ने कुनै पनि प्रयास वैध नहुने मार्किसले बताए । ट्र्म्प र पुटिनबीच सरद ऋतुमा हुने अर्को शिखर वार्ताको एजेन्डाका विषयमा जानकारी दिँदै ह्वाइट हाउसका तर्फबाट यो नितिको घोषणा गरेको हो । दुई नेताबीच हुने अर्को शिखर वार्ता राष्टिय सुरक्षामा केन्द्रित हुनेछ ।

उत्तर कोरिया विरुद्ध कडा प्रतिबन्ध लागु गर्न अपिल
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले शुक्रबार संयुक्त राष्टका सदस्य देशहरुसँग प्योंगयांगको परमाणु कार्यक्रम अन्त्य गराउन उत्तर कोरियामाथि कडा आर्थिक प्रतिबन्ध लगाउन र उत्तर कोरियाली नेता किम जोंग उनमाथि दबाव बनाइराख्न अपिल गरेका छन् ।

उत्तर कोरियालाई संयुक्त राष्ट्र् संघमा अरुबाट ‘एक्ल्याएको ‘ अवस्था अन्त्य गर्न सकिने तर त्यहाँ सम्म पुग्नका लागि ब्यापक स्तरमा प्रतिबन्ध लगाउनु पर्छ भन्ने अमेरिकाको मान्यता रहेको पोम्पियोले बताए । सुरक्षा परिषदसँगको बैठकपछि पोम्पियोले उक्त कुरा पत्रकार समक्ष बोलेका हुन् ।

प्रतिक्रिया दिनुहोस्