भारत: अविश्वासको प्रस्ताव असफल



नयाँदिल्ली (एजेन्सी)
भारत संसदमा विपक्षले ल्याएको अविश्वासको प्रस्तावमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले सदनमा आफनो बहुमत देखाउन सफल भएको छ । मतदानपछि विपक्षले ल्याएको अविश्वास प्रस्ताव असफल भएको छ ।

प्रस्तावको पक्षमा कुल १ सय २६ मत र विपक्षमा ३ सय २५ मत खसेको थियो । मतदान अगाडी प्रधानमन्त्री मोदीले सदनको प्रस्तावमा भएको छलफलको जवाफ दिएका थिए । मोदीको भाषणका क्रममा विपक्षी सांसदहरुले सदनमा नाराबाजी गरेका थिए । मोदीले विपक्षीसँग आफुलाई हटाउने एक मात्र मुद्दा बोकेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्