माथिल्लो दोर्दी ‘ए’ को ७७ प्रतिशत काम पँरा, दशैंपछि शेयर जारी गर्दै



नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा निर्माणाधीन अवस्थाको माथिल्लो दोर्दी ‘ए’ को ७७ प्रतिशत निर्माणको काम पँरा भएको छ । आयोजनाले एक वर्षभित्र उत्पादन शुरु गर्ने भएको छ ।

लमजुङको पँर्वी क्षेत्रमा बहने दोर्दीखोला करिडोरमा निर्माण भइरहेको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको ७७ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजनाका साइट प्रोजेक्ट म्यानेजर टेकेन्द्र भण्डारीले बताउनुभयो । उहाँका अनुसार टनेलतर्फको निर्माण कार्य ९१ प्रतिशत काम सकिएको छ । सो आयोजनाको उत्पादन क्षमता २५ मेगावाट रहेको छ ।
उक्त आयोजनाको निर्माण क्रममा २ हजार ८ सय मिटर लामो पेनेस्टक पाइप लाइनको ९० प्रतिशत बिछ्याउने काम सकिएको छ ।

त्यस्तै आयोजनाको टनेलको काम २ हजार ६ सय २३ मिटरमा २ सय २८ मिटर बाँकी रहेको अवस्थामा रहेको २५ मेगावाटको आयोजनाको प्रवद्र्धक निर्माण कम्पनी लिवर्टी इनर्जी कम्पनी लिमिटेड हो । त्यसका सञ्चालक राजेन्द्र वस्तीले आयोजनाको पाइप लाइन, सुरुङ र विद्युत्को काम अहिले तीव्र रुपमा भएको छ भने बाँधको काम वर्षाको कारण रोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनको बाँध क्षेत्रतर्फको ६० प्रतिशत काम सकिएको छ ।

उक्त आयोजनामा आयोजनामा सुरुङ र पाइप दुवै रहने गरी डिजाइन गरिएको छ । हालको निर्माण स्थिति आंकलन गर्दा अबको १६ महिनामा उत्पादन शुरु गर्ने तालिका छ । तर, पनि एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिएको वस्तीले बताउनु भएको छ । उहाँका अनुसार ४ अर्र्ब लगानीमा निर्माण हुन अनुमान गरिएको सो आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा नौ बैंकले लगानी गरेका छन् ।

आयोजनाको कुल ग्रस हेड ३२५ मिटर रहेको छ । आयोजनामा बैंकको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ । आयोजना २०७५ मंसिरमा सक्ने लक्ष्यका साथ काम शुरु भए भँकम्प र त्यसपछिको भारतीय नाकाबन्दीका कारण नेपाल विद्युत प्राधिकरणले एक वर्ष समय थप गरेको आयोजनाका सञ्चालक वस्तीले बताउनु भयो ।

सो अयोजनाले उत्पादन गर्ने विद्युत् गृहको पनि ५० प्रतिशत निर्माण पँरा भएको छ । उत्पादन हुने विद्युत् गृह नजिकै नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सबस्टेसनमा लगेर जोड्ने कार्यक्रम छ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले २०६९ मा पीपीए गरेको हो ।

यसैबीच माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले दशैंपछि शेयर निष्कासन गर्ने भएको आयोजनाका प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरेले बताउनु भएको छ । उहाँका अनुसार स्थानीयबासीसँग समन्वय गरी लगानी गर्न सक्ने समयमा आयोजनाको शेयर निष्काशनको तयारी गरिएको छ ।

आयोजनाले स्थानीयलाई १० प्रतिशत र सर्वसाधरणलाई १५ गरी जम्मा २५ प्रतिशत शेयर निष्काशनको तयारी गरेको जानकारीमा आएको छ । आयोजनाका प्रबन्धक घिमिरेले दिनु भएको जानकारी अनुसार आयोजनाले स्थानीयलाई १५ करोड रुपियाँ रकम बराबरको १५ लाख कित्ता साधारण शेयर र सर्वसाधरणलाई २२ करोड ५० लाख रुपियाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्