पाल्पाका किसानलाइ बाँदरको पीरलो



कविराज नेपाल, पाल्पा ।
यतिखेर पहाडी जिल्ला पाल्पाका किसानको बारीमा मकैको घोगा भर्खर पसाउदै गएको छ । वर्षभरीको मेहनतलाइ अन्नका रुपमा भित्राउन पाउने आशामा कृषकहरु ख्ुाशी हुनुपर्नै हो तर यही मौकामा कृषकहरुमा पीरलो थपिएको छ । यहि मौकामा बाँदरले चौका हाने पछि मेहनत गरेर आशा गरेको अन्नवाली कसरी जोगाउने भन्ने ध्याउन्नमा छन । यो समस्या जिल्लाको पुर्वी भेग मध्य र केही रुपमा पश्चिम पाल्पामा पनि छ । बाँदरकै कारण कृषकहरु विहान झिसमिसेदेखि राती सम्म वारीमै वाँदर कुरेर वस्न वाध्य छन ।
यस समस्यालाई लिएर नगर पालिका र गाउ पालिकाको पनि टाउको दुखाइको विषय वन्ने गरेको छ । जसका कारण कतिपय स्थानीय तहले वाँदर नियन्त्रणका लागि भनेर गाउ पालिका र नगरपालिका समेतले वजेटको व्यवस्था समेत गर्नु परेको छ ।
बाँदरले बारीमा मान्छे नदेख्ने बित्तिकै सताउने गरेकाले कोहीकोही त वारीमै खाना खाने वा अर्काै व्यक्तिले पालो दिएपछि मात्र वारी छोडने गरेका छन । यो समस्या पुर्वको सिलुवा, खालीवन,वीरकोट अर्चले, गल्धा, ज्यामिरे मध्य पाल्पाको वोैघापोखराथोक, वराङ्गदी पश्चिमको पश्चिम पाल्पाको खस्योैली देउराली ख्याहा, भैरवस्थान लगायतका स्थानमा वढी मात्रामा देखिएकोे छ । कृषकका अनुसार कसैले पत्तो नपाउने गरि वाँदर बतासको गतिमा आउँछ र मकैं खाएर भागी हाल्ने गरेको छ । मकै पाकेको भए खाने र नपाकेको भए च्यातचुत पारी नोक्सान गर्नै गरेको रिव्दीकोट गाउ पालिकाका मानवहादुर विकले वताए ।
उनले अगाडी भने पाँच मिनेटमा मेरो तीन हल बारीको मकै स्वाहा पा¥यो । यही समस्यालाई लिएर कृषकहरुले गाउपालिका र सासद समेत भेटेर समस्याका वारेमा जानकारी दिएका दिएका छन । उनीहरुले पछिल्लो समयमा वन्दुक लगायतका हातहतियार कृषकहरुले राख्न र पड्काउन नपाउदा वाँदर धपाउन समस्या परेको छ ।
कृषकहरुका अनुसार वन क्षेत्रको आसपासमा भएका वारीमा बाँदरले वढी दुख दिने गर्छ भने प्रायजसो आईमाई मान्छेलाई टेर्दैन । वगनासकालीका ा शिव वस्यालको अनुभवमा बाँदरहरुले लखेट्दा लखे्ट्दै पनि नटेरेर मकै खाई हाल्छ । उनले धेरै जना मिलेर धपाए केही पर जाने गरे पनि उत्तिखेरै आएर विगतका वर्षमा काँचै मकै स्याहार्नु परेको अनुभव सुनाए ।
कृषकहरु बाँदर कसरी नियन्त्रण गर्ने भन्ने कुरा सम्वन्धित निकायमा समेत खवर गर्दा त्यसको अझै सुनुवाई नभएको गुनासो गर्दछन । उनीहरुले यस विषयमा सम्वन्धित निकायले चासो देखाउनुपर्नै र नोक्सान भएका कृषकको उनीहरुको क्षति पुर्तिको व्यवस्था हुनुपर्नै वताउछन ।
जताततै सामुदायिक वनको विकास भएको र खेती गर्ने जमिन घटेकाले पनि वाँदरको समस्या टडकारो देखिएको हो । वाँदरले मननपराउने खालको खेती गर्न र सकेजति सहयोग गर्ने रिव्दीकोट गाउ पालिकाका अध्यक्ष नारायण जिसीले वताउनु भयो ।
विगतमा अमिलो जातका फलफूल र काँडा भएका वनस्पति वाँदरले नोक्सान नपार्ने भए पनि आजभोली यी फलफूल र जमिन भित्रका अदुवा, आलु समेत खोस्रेर खाने र वर्षातको वेलामा मात्र नभई हिउदमा पनि खेती लगाउन नदिने गरेको कृषकको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्