अटो भिलेज क्षेत्रलाई मदिरा मुक्त घोषणाले होटल व्यवसायी मर्कामा



यमलाल भुसाल, बुटवल ।
बुटवलको मैनाबगरमा रहेको अटो भिलेज क्षेत्रलाई मदिरा मुक्त घोषणाले व्यवसायीमाथि अमानविय व्यवहार भएको भन्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले निर्णय कार्यान्वयन नगरिने धारणा सार्वजनिक गरेको छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले शनिवार मैनाबगरमा एक कार्यक्रम आयोजना गरी बुटवल अटो इन्जिनियरिङ एशोसियसनलाई निर्णय सच्चाउन आग्रह गदै व्यवसायीलाई व्यवसायवाट पलाएन हुने वातावरण श्रृजना नर्गन समेत माग गरेको छ ।
कार्यक्रममा वोल्ने होटल व्यवसायीहरुले बुटवल अटो इन्जिनियरिङ एशोसियसनले विना छलफल र विकल्प नखोजी हचुवाको भरमा गरेको निर्णयको पुनर बिचार नगरे संघले आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन ।
उनिहरुले एशोसियसनले गरेको निर्णयले संघका ५० जना व्यवसायीको व्यवसाय धरापमा पर्ने भएकोले सो निर्णयलाई कार्यान्वयन नगराउन माग गरेका छन ।
कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका सस्थापक अध्यक्ष माधव नेपालले सरकारले मदिरा उद्योग बन्द गरे होटल व्यवसायी विना मदिरा पनि व्यवसाय संचालन गर्न तयार रहेको बताउदै हचुवाको भरमा व्यवसायीलाई विस्थापित गराउन नपाईने धारणा राख्नु भयो ।
उहाँले मनगणन्ते कुरा गरेर बुटवल अटो इन्जिनियरिङ एशोसियसन अगाडी बढन नसक्ने भन्दै कानुन हातमा लिन खोज्दा आफनै व्यवसाय धरापमा पर्न सक्ने चेतावनी समेत दिनु भयो ।
होटल व्यवसायी महासंघ नेपालका निर्वतमान महासचिव हिराध्वज शाहले बुटवल अटो इन्जिनियरिङ एशोसियसनले अन्य संघ सस्थाहरुसंगको सहकार्य विना ल्याएको निर्णय उपलब्धी मुलक नहुने र होटल व्यवसायीले सरकारवाट अन्तरशुल्क ईजाजत ल्याएकाले ढुक भएर व्यवसायीहरुले मदिरा विक्री वितरण गर्न आग्रह गर्नु भयो । संघका अध्यक्ष समुन्द्र जिसीले अटो भिलेज क्षेत्रलाई मदिरा मुक्त घोषणाको सपना नदेख्न एशोसियसनलाई आग्रह गदै व्यवसायीलार्इ चिन्तीत नहुन आह्वान गर्नु भयो ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष बावुराम गौतम, महासचिव माधव कुमार खनाल मदिरा व्यवसायी लिलाधर लुईटेल लगाएतले अटो भिलेज क्षेत्रलाई मदिरा मुक्त नभई लोड सेडिग र फोहर मुक्त नगर वनाउन माग गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्