पत्रकार वाग्लेको ‘अबिर’ सार्वजनिक



काठमाडौँ ।
पत्रकार तथा लेखक त्रिभुवनचन्द्र वाग्लेद्वारा लिखित ‘अबिर’ उपन्यास आज यहाँ विमोचन भएको छ ।

स्वदेश प्रकाशन प्रालिद्वारा प्रकाशित उक्त सामाजिक उपन्यास नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सार्वजनिक गर्नुभएको हो ।

‘गोरखापत्र राष्ट्रिय दैनिक’ पत्रिकाका सम्पादक वाग्लेका यसअघि दुई कविता संग्रह प्रकाशित भइसकेका छन् । ‘अबिर’ उहाँको तेस्रो कृति हो ।

‘अबिर’ उपन्यासमा नारीको महत्व, पुरुषले गर्ने व्यवहार र सामाजिक क्षेत्रमा देखिएको राजनीति विकृतिलाई केलाउने प्रयास गरिएको छ ।

उपन्यासको समीक्षा प्रा डा उषा ठाकुर, प्रा डा देवीप्रसाद सुवेदी, कथाकार माया ठकुरीले गर्नुभएको थियो ।

कार्यक्रममा कुलपति उप्रेतीले कृति पठनीय भएको धारणा राख्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्