जिससका पदाधिकारीहरुको सेवा सुबिधा रकम पौने ३ घन्टामा फ्रिज



बिष्णु तिमिल्सिना, बर्दिया ।
जिल्ला समन्वय समिति बर्दियाका पदाधिकारीहरुको ११ महिनाको सेवा सुबिधा
वापतको रकम निकाशा भएको २ घन्टा ४८ मिनेटमै फ्रिज भएको छ । आर्थिक
बर्षको अन्तिम दिन असार ३२ गते मात्र संघीय मामिला तथा सामान्य प्रशासन
मन्त्रालयको आर्थिक प्रशासनले राति ९ बजेर १२ मिनेटमा निकाशा भएको रकम
सोहिराति १२ बजे खाता बन्द भएपछि सो सेवा सुबिधा फ्रिज भएको हो ।

बर्दिया जिल्ला समन्वय समितिका प्रमुखको मासिक ४१ हजार रुपैयाँ, उपप्रमुखको
मासिक ३६ हजार रुपैयाँ र सदस्यहरु (सातजना)को मासिक १६ हजार रुपैयाँका दरले
पाउनु पर्ने ११ महिनाको जम्मा रकम २० लाख ७९ हजार रुपैयाँ फ्रिज भएको छ ।
उक्त निकाशा मन्त्रालयले गरेको भोली पल्ट हेर्दा थाहा भएको कुरा कोष तथा
लेखा नियन्त्रण कार्यालयका प्रमुख प्रेमराज भूसालले बताउनु भयो । निकाशाको
बारेमा मन्त्रालयले कुनै सुचना नदिएकोले हामी त्यो रकम खर्च गर्न सकेनौ,
हामी सुचना पाएको भए तयारी भएर अबस्थामा बस्ने थियो समन्वय अधिकारी
बिश्वामित्र कुईकेलले बताउनु भयो ।

बर्दिया लगाएत प्रदेश नम्बर ५ का ६ वटा जिल्ला दाङ, बाँके, रोल्पा, प्यूठान र
पुर्वि नवलपरासीका जिससका पदाधिकारीहरु उक्त सुबिधा पाउनबाट बञ्चित भएको
जिल्ला समन्वय समितिका उप्रमुख मानबहादुर बिष्टले बताउनु भयो । उपप्रमुख
बिष्टले हामी जिससका पदाधिकारीहरुले प्रदेश सरकारबाट निर्धारित ऐन अनुसारको
सेवा सुबिधा पाउनु पर्ने भएता पनि कर्मचारीहरुको लापर्वाहीका कारणबाट बञ्चित
भएको बताउनु भयो ।

जिल्ला समन्वय समितिको कोषमा स्थानीय श्रोतबाट प्राप्त करोडौँ रुपैयाँ जम्मा
भएता पनि उक्त खाता सरकारले बन्द गरेकोले खर्च गर्न पाईदैन, मन्त्रालयले समयमा
निकाशा नगरीदिँदा जनप्रतिनिधिहरु मर्कामा परेको दुखेसो गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्