८४ करोडभन्दा बढी बेरुजु



नेपाल समाचारपत्र, राजविराज
अघिल्लो आर्थिक वर्षमा सप्तरीमा ८४ करोड ३३ लाख ७३ हजार ५ सय ६१ रुपियाँ ९४ पैसा बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीका अनुसार आव २०७२÷७३ मा सप्तरीमा कुल ७४ करोड ४२ लाख ३४ हजार १११ रुपियाँ बेरुजु थियो । आव २०७३÷७४ को बेरुजुमध्ये २४ करोड ६२ लाख ६७ हजार ६६८ नियमित गर्नुपर्ने, ४७ करोड ८५ लाख ८ हजार २७६ पेश्की र २२ करोड ४० लाख ७१ हजार ८ सय रुपियाँ असुल गर्नुपर्ने देखाएको छ ।

बेरुजुमध्ये सरकारी कार्यालयतर्फ ५२ करोड ५६ लाख ६१ हजार ९२९, स्थानीय निकायतर्फ २५ करोड ५४ लाख ६५ हजार १६७ र स्वास्थ्य संस्थातर्फ २ करोड ५५ लाख ४७ हजार ८२८ छ ।

जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, पँर्वाञ्चल सिँचाइ डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय र जिल्ला प्राविधिक कार्यालयमा बढी बेरुजु हुने कार्यालय हुन् ।

जथाभावी खर्च गर्ने तथा नियमन गर्ने विषयमा वेवास्ता गर्दा बेरुजु रकम बढ्दै गएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख पँर्णराज कार्कीले बताउनुभयो । कारबाही प्रक्रिया फितलो देखिएकाले पनि बेरुजु रकम उठ्न समस्या भएको उहाँको भनाइ छ।
कर्मचारी, राजनीतिक दल र नागरिकसमेत अनुशासित भए बेरुजु रकम कम गर्न सकिने उहाँको सुझाव छ ।

 

प्रतिक्रिया दिनुहोस्