रुसी महिलामाथि जासुसीको क्रममा यौन प्रस्ताव राखेको आरोप



वासिंगटन,(एजेन्सी)
सुनौलो कपालकी धनी तथा रुसी क्रेमलिनका लागि जासुसी गर्ने एक रुसी छात्राले अमेरिकी राजनीतिक प्रणालीमा सम्बन्ध गाढा बनाउन यौनको प्रस्ताव समेत राखेको अमेरिकाको एक अदालतको सुनवाइ क्रममा बताइएको छ ।

२९ वर्षिया मारिया बुतिनाले वर्षौंदेखि अमेरिकामा रुसी सरकारको हितका लागि गोप्य ढंगले काम गरिरहेको बताइएको छ । बुधवार वासिंगटनको अदालतमा उपस्थित भएकी बतिनाले आफु विरुद्ध लागइएको षडयनत्र र विदेशी जाससुको रुपमा काम गरेको भन्ने अभियोग अस्विकार गरेकीछिन् ।

यो अभियोग सावित भएको खण्डमा उनलाई दस वर्ष लामो कारावास संजाय हुन सक्छ । न्यायधिश डेवोराह रोविन्सनले उनलाई अमेरिका स्थित रुसी दुतावासमा कुटनीतिक शरण लिनबाट रोक्न उनलाई जमानत दिन अस्विकार गरेका छन् ।
अमेरिकाका संघिय जाँचबुझ ब्युरो एफबिआइले बुतिनाले वासिंगटन स्थित बिस्ट्रो बिस नामक रेस्टुरेन्टमा एकजना रुसी गुप्तचर अधिकारीसंग डिनर लिइरहेको तस्वीर अदलतमा पेश गरेको थियो । वकिलहरुले उनको अमेरिकाका लागि पुर्व रुसी राजदुत सर्गेकिस्ल्याकसंग बसिरहेका तस्वीरहरु पनि फेला परेको बताएका छन् ।

बुटिना थुपै्र वर्षदेखि वासिंगटन स्थित एउटा अमेरिकी विश्वबिद्यालयमा अध्ययन गर्दै आएकी छिन् । साथै आफुले साइवेरियामा कसरी ब्वाँसोे र भालुको शिकार गर्न सिकें भन्ने कथा सुनाउँदै उनले बन्दुकको पक्षमा पनि वकालत गर्दै आइरहेको बताइएको छ । यसअघि सन् २०१० मा च्यापम्यान नामक रुसी महिला गुप्तचर अधिकारीलाई अमेरिकाबाट निष्कासित गरिएको थियो । तर उनी सोही घटनाका ेकारण रसियामा सेलेव्रेटी बन्न सफल भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्